रमेश प्रसाईको सबैलाई रुʼ वाउने मा’र्मिक कथा, आमा भन्छिन् छिमेकीले नै वि’ष खुवाएर माʼ रिदेउ भन्थे-हेर्नुहोस् (भिडियो सहित)

मनोरन्जन समाचार समाज
SHARE

काठमाडौ । रमेश प्रसाई ताप्लेजुंगमा २०५० सालमा भएको हो । उनका बुवा आमा शिक्षण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतनशिल थिए । दुवै आँखा नभएका उनी जन्मजात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामाजिक सञ्जालमा पनि निकै सकृय छन् ।

झापाको गह्रामुनीमा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यसपछि उनी पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने गर्थे । दृष्टिविहिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उनलाई त्यहाँ पढ्न पनि सजिलो भयो । उनी सानै देखि नै गीत संगीतमा रुची राख्थे ।

दृष्टिविहिनहरुका लागि उपयुक्त हुने विभिन्न कृयाकलाप गराउने भएकाले अन्य कृयाकलापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एसएलसी दिएर पहिलो श्रेणिमा पास गरे । पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सामाजिक सञ्जाल फेसवुकमा लाइभमा आएर दिएको अभिब्यक्ति पछि चर्चित भएका थिए ।

२०७५ साल बैशाखमा नरेन्द्र मोदी नेपाल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जालमा उनले निकै खरो भनाई सार्वजनिक गरेका थिए । त्यो भनाई निकै चर्चित भयो ।अहिले उनी पब्लिक स्पीकरका रुपमा परिचित छन् । रमेश निकै चलाख बच्चा भएको उनको आमा सविता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टालिएको उनी रुँदा पनि नाकवाट आँशु आउने गरेको पनि उनले बताउँछिन् ।

यस्तो अवस्थामा जन्मिएका रमेशलाई ठूलो भएर जिवनमा केही गर्न सक्दैन वि’ष खुवाएर मा’रिदिनु भनेर छिमेकीले भनेको उनकी आमाले सम्झन्छिन् । न्वारनमा आएका पण्डितले समेत कसरी दुध खुवाउँछौ भनेर प्रश्न गरेका थिए ।

यो पनि

काठमाडौं। नेपाल पुरुषप्रधान देश हो । अहिले पनि पुरुषले घरबाहिर र महिलाले चुलोचौकाको काम गर्नुपर्छ भन्ने मान्यता कायमै छ । कतिपय महिला जीवनमा नयाँ गर्ने चाहना हुँदाहुँदै पनि सामाजिक संस्कारका कारण खुलेर बाहिर आउन सकिरहेका छैनन् । तर, पछिल्लो दशक हरेक क्षेत्रमा महिलाको पहुँच बढ्दो छ । यसका लागि राज्यले पनि विभिन्न आरक्षणको व्यवस्थासमेत गरेको छ । अहिलेको सामाजिक परिवेशमा अगाडि बढ्नका लागि महिलामा के चाहिन्छ त ? मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई नयाँ पत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् :

-महिला बोल्ड र सफल हुनका लागि पहिलो कुरा आफ्नो क्षमता बुझ्न जरुरी हुन्छ । पढेको वा नपढेको जस्तोसुकै महिला किन नहोस्, आफ्नो क्षमताको पहिचान गरी सम्बन्धित क्षेत्रमा लाग्नुपर्छ । जसले जस्तोसुकै काम रोजे पनि ऊभित्र उत्साह हुन जरुरी छ । सँगसँगै बलियो विलपावर पनि चाहिन्छ । त्यही विलपावरले नै महिलाको लक्ष्य निर्धारण गर्छ । विलनेसले नै लक्ष्यसम्म पुग्नका लागि भूमिका खेल्छ।

-कतिपय महिला अनएजुकेटेड छु भन्दैमा अगाडि बढ्न हतोत्साहित भएका हुन्छन् । र, कतिपय मान्छे मास्टर्स गरेर पनि केही नगरी बसेका छन् । महिलाले सोच्न के पर्छ भने हामीले केचाहिँ छोडेर जाने ? के योगदान गर्ने ?

-नेपाली समाजमा महिलाको गतिविधिलाई निर्धारण गरिएको छ । संस्कारले बाँधेको छ, कुनै बन्द भाँडामा राखेको सामग्रीजस्तो । तर, कोही महिला अगाडि बढ्न चाहन्छ र कुनै क्षेत्रमा केही योगदान गर्न खोजिरहेको छ भने ऊसँग कन्भिन्सिङ पावर चाहिन्छ । कुनै महिलाले घरका दिवार फोड्नुपर्छ, झगडा गर्नुपर्छ भन्ने होइन । घरका मानिसलाई पनि कन्भिन्स गरेर आफ्नो लक्ष्यप्राप्तिका लागि अगाडि बढ्नुपर्दछ।

-मानिसले महिलालाई ठाउँ दिने विषयमा सबैभन्दा पहिला पाइन्ट र फ्रकभन्दा पनि उसको क्षमता हेर्नुपर्दछ । महिलालाई अहिले पनि विभिन्न कुरामा डोमिनेट गरिएको हुन्छ । त्यो विषयमा ध्यान नदिएर आफ्नो क्षमताप्रति पूर्ण विश्वास हुन जरुरी हुन्छ।

-अगाडि बढ्न खोज्ने महिलालाई विभिन्न आरोप पनि आउँछन् । नैतिकतामाथि प्रश्न खडा गरेर डिमोरलाइज गर्न खोजिन्छ । यस्तो अवस्थामा पनि महिलाहरू सम्हालिएर अगाडि बढ्नुपर्दछ।
अगाडि बढ्न खोज्ने महिलामा बौद्धिक सुन्दरताको पनि जरुरी हुन्छ।

-महिलामा आर्थिक स्वतन्त्रता हुँदैन । यो निकै दुखद पक्ष हो । यतिसम्म कि उसमा आम्दानी गर्ने र खर्च गर्ने स्वतन्त्रता पनि हुँदैन । अगाडि बढ्ने महिलामा आर्थिक स्वतन्त्रता चाहिन्छ।

-कतिपय महिला केही गर्ने चाहना हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन सकिरहेका हुँदैनन् । त्यसैले उनीहरूले कम्तीमा स्वतन्त्र रूपमा गाँस, वास र कपासको व्यवस्था गरेर लक्ष्यप्राप्तिको लागि दोडनुपर्दछ।

-महिला सफल हुनका लागि पुरुषको पनि हात चाहिन्छ । जसरी धेरै पुरुषको सफलतापछाडि महिलाको देन छ।

-महिला म्यानेजमेन्टमा निकै सिपालु हुन्छन् । यो उनीहरूको जन्मजात क्षमता हो । पैसाको व्यवस्थापन र घरपरिवारको व्यवस्थापनमा महिलाको सधैँ दख्खल हुन्छ । महिलाले अरूको दिमागलाई बुझेर दिमाग मात्र होइन, हात पनि चलाउन सक्छन् । यो महिलाको सबैभन्दा ठूलो स्ट्रेन्थ हो।

-महिलाको कमजोरी भनेको प्रोपर्टीमा उसको हक र स्वतन्त्रता हुँदैन । त्यसैले महिलाले मात्र होइन, सफल बन्नका लागि हरेक नेपालीले आफ्नो अधिकारबारे राम्रोसँग थाहा पाउनुपर्दछ।