यमनमा मन्त्रिपरिषदका नयाँ सदस्य आउनासाथ आ’क्रमण, के छ प्रधानमन्त्री अवस्था ?

अन्तराष्ट्रिय समाचार समाज
SHARE

काठमाडौं । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आ’क्र’मणमा कम्तिमा २२ जना मा’रि’एका छन् । ५० जनाभन्दा बढी घा’इते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ वि’ष्फोट भएको थियो ।

मा’रि’नेहरुमा सहायक कर्मचारी र केही अधिकारीहरु छन् । प्रधानमन्त्री र उनको मन्त्रिपरिषदका सदस्यहरु भने सुरक्षित छन् । वि’ष्फोटपछि प्रधानमन्त्री मइन अब्दुलमलिक सइद र उनको मन्त्रिपरिषदका सदस्यहरुलाई सुरक्षा घेरामा राखेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

यमनको सूचना मन्त्री इरियानीले हुथी विद्रोहीहरुले कायरतापूर्ण आक्रमण गरेको टिप्पणी गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा दुई पटक वि’ष्फोट भएको आवाज सुनिएको जनाएको छ । वि’ष्फोटपछि गो’ली पनि चलेको थियो । साउदी टेलिभिजन च्यालन अल हदथले सार्वजनिक गरेको एक भिडियोमा मिसाइल आ’क्रमण गरेको देखिन्छ ।

यसअघि सन् २०१९ मा पनि अदनको एक सैन्य परेडमा हुथी वि’द्रोहीले मिसाइल आ’क्र’मण गर्दा ३६ जना मा’रि’एका थिए । यमन सन् २०१५ मा शुरु भएको गृ’ह’यु’द्ध’पछि सं’कटमा छ । हुथी वि’द्रोहीहरुले देशको पश्चिमी क्षेत्रका अधिकांश भाग नि’यन्त्रणमा लिएका छन् । उनीहरुले साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बु मंसुर हादीलाई देश छाड्न बाध्य पारेका थिए ।

त्यसपछि साउदी अरबको नेतृत्ववाला सैन्य गठबन्धनले यमनको गृहयु’द्धमा हस्तक्षेप गर्दै आएको छ । त्यसपछि यमनको हालत झन् खराब हुँदै गएको बताइन्छ । यमनको गृ’हयु’द्धमा हालसम्म १ लाख १० हजार भन्दा बढी मानिसको मृ’त्यु भइसकेको छ ।

यस्तै कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको सं’क्रमण विश्वका २१८ मुलुकमा फैलिरहँदा मृ’तकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।

यो पनि

काठमाडौं। नेपाल पुरुषप्रधान देश हो । अहिले पनि पुरुषले घरबाहिर र महिलाले चुलोचौकाको काम गर्नुपर्छ भन्ने मान्यता कायमै छ । कतिपय महिला जीवनमा नयाँ गर्ने चाहना हुँदाहुँदै पनि सामाजिक संस्कारका कारण खुलेर बाहिर आउन सकिरहेका छैनन् । तर, पछिल्लो दशक हरेक क्षेत्रमा महिलाको पहुँच बढ्दो छ । यसका लागि राज्यले पनि विभिन्न आरक्षणको व्यवस्थासमेत गरेको छ । अहिलेको सामाजिक परिवेशमा अगाडि बढ्नका लागि महिलामा के चाहिन्छ त ? मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई नयाँ पत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् :

-महिला बोल्ड र सफल हुनका लागि पहिलो कुरा आफ्नो क्षमता बुझ्न जरुरी हुन्छ । पढेको वा नपढेको जस्तोसुकै महिला किन नहोस्, आफ्नो क्षमताको पहिचान गरी सम्बन्धित क्षेत्रमा लाग्नुपर्छ । जसले जस्तोसुकै काम रोजे पनि ऊभित्र उत्साह हुन जरुरी छ । सँगसँगै बलियो विलपावर पनि चाहिन्छ । त्यही विलपावरले नै महिलाको लक्ष्य निर्धारण गर्छ । विलनेसले नै लक्ष्यसम्म पुग्नका लागि भूमिका खेल्छ।

-कतिपय महिला अनएजुकेटेड छु भन्दैमा अगाडि बढ्न हतोत्साहित भएका हुन्छन् । र, कतिपय मान्छे मास्टर्स गरेर पनि केही नगरी बसेका छन् । महिलाले सोच्न के पर्छ भने हामीले केचाहिँ छोडेर जाने ? के योगदान गर्ने ?

-नेपाली समाजमा महिलाको गतिविधिलाई निर्धारण गरिएको छ । संस्कारले बाँधेको छ, कुनै बन्द भाँडामा राखेको सामग्रीजस्तो । तर, कोही महिला अगाडि बढ्न चाहन्छ र कुनै क्षेत्रमा केही योगदान गर्न खोजिरहेको छ भने ऊसँग कन्भिन्सिङ पावर चाहिन्छ । कुनै महिलाले घरका दिवार फोड्नुपर्छ, झगडा गर्नुपर्छ भन्ने होइन । घरका मानिसलाई पनि कन्भिन्स गरेर आफ्नो लक्ष्यप्राप्तिका लागि अगाडि बढ्नुपर्दछ।

-मानिसले महिलालाई ठाउँ दिने विषयमा सबैभन्दा पहिला पाइन्ट र फ्रकभन्दा पनि उसको क्षमता हेर्नुपर्दछ । महिलालाई अहिले पनि विभिन्न कुरामा डोमिनेट गरिएको हुन्छ । त्यो विषयमा ध्यान नदिएर आफ्नो क्षमताप्रति पूर्ण विश्वास हुन जरुरी हुन्छ।

-अगाडि बढ्न खोज्ने महिलालाई विभिन्न आरोप पनि आउँछन् । नैतिकतामाथि प्रश्न खडा गरेर डिमोरलाइज गर्न खोजिन्छ । यस्तो अवस्थामा पनि महिलाहरू सम्हालिएर अगाडि बढ्नुपर्दछ।
अगाडि बढ्न खोज्ने महिलामा बौद्धिक सुन्दरताको पनि जरुरी हुन्छ।

-महिलामा आर्थिक स्वतन्त्रता हुँदैन । यो निकै दुखद पक्ष हो । यतिसम्म कि उसमा आम्दानी गर्ने र खर्च गर्ने स्वतन्त्रता पनि हुँदैन । अगाडि बढ्ने महिलामा आर्थिक स्वतन्त्रता चाहिन्छ।

-कतिपय महिला केही गर्ने चाहना हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन सकिरहेका हुँदैनन् । त्यसैले उनीहरूले कम्तीमा स्वतन्त्र रूपमा गाँस, वास र कपासको व्यवस्था गरेर लक्ष्यप्राप्तिको लागि दोडनुपर्दछ।

-महिला सफल हुनका लागि पुरुषको पनि हात चाहिन्छ । जसरी धेरै पुरुषको सफलतापछाडि महिलाको देन छ।

-महिला म्यानेजमेन्टमा निकै सिपालु हुन्छन् । यो उनीहरूको जन्मजात क्षमता हो । पैसाको व्यवस्थापन र घरपरिवारको व्यवस्थापनमा महिलाको सधैँ दख्खल हुन्छ । महिलाले अरूको दिमागलाई बुझेर दिमाग मात्र होइन, हात पनि चलाउन सक्छन् । यो महिलाको सबैभन्दा ठूलो स्ट्रेन्थ हो।

-महिलाको कमजोरी भनेको प्रोपर्टीमा उसको हक र स्वतन्त्रता हुँदैन । त्यसैले महिलाले मात्र होइन, सफल बन्नका लागि हरेक नेपालीले आफ्नो अधिकारबारे राम्रोसँग थाहा पाउनुपर्दछ।