पैसा सकीसक्यो तर कन्चनको होस आको छैन भन्दै रुदै आइन हजुरआमा (भिडियो)

समाचार समाज
SHARE

काठमाडौं,  चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले विष पिएर आ’त्मह’त्या गर्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी छन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर जवर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ’रोप लगाएका छन । कन्चनले जवर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दा’वी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। उनको अझै सम्म होस् नआएको पारिवारिक स्रोतले जनाएको छ । यसै बीच कन्चन र अनिशाबीच भएको फेसबुक म्यासेजको कुराकानी सार्बजनिक भएको छ ।

यसै बीच कन्चनले आ’त्मह’त्या गर्नु अगाडी कन्चनको नामा लेखेको भावुक पत्र सार्बजनिक भएको छ । उक्त पत्र कन्चन कै परिवारले सार्बजनिक गरेका हुन् ।कन्चनको उपचारको क्रममा अहिले सम्म २ लाख ३० हजार बढी खर्च भैसकेको र अब अझै धेरै खर्च हुने भन्दै उनका हजुरआमा रुदै मिडियामा आएकी छन । ‘अहिले सम्म २ लाख ३० हजार खर्च भैसक्यो, अब फेरी अर्को बिल आउन लागि सक्यो, पैसा कताबाट ल्याउने’ – उनि भन्छिन ।

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र राजनीतिक समूह’ राजनीतिक दलका रुपमा दर्ता हुने भएको छ ।

मन्त्री त्रिपाठीका अनुसार समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।

स्वतन्त्र राजनीतिक समूहलाई दलका रुपमा दर्ता गर्ने भएपछि पार्टीका विधान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक मुद्धामा कुरा नमिलेको एकीकरण अगाडि नबढेको बताए ।

समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद विघटन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद विघटनपछि पनि मन्त्री पद कब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री बन्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री बन्ने मौका नै दिएका छैनन् ।

स्वतन्त्र राजनीतिक समूहभित्र पनि त्रिपाठीको दब्दबा छ । त्रिपाठीले अन्य नेताहरूलाई अवसर नदिएपछि समूहभित्रै विवाद रहेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन च्यालेन्ज गरेका छन् ।

आज प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गरेको आरोप लगाएको भन्दै रोस प्रकट गरेका हुन् ।

‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ प्रचण्डले भने । केपी ओलीले पार्टीको सुझावविपरित काम गरेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए ।