काठमाडौं – केपी शर्मा ओली नेतृत्वको नेकपाले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरीयताको अध्यक्ष कायम रहेको जवाफ निर्वाचन आयोगमा पठाएको छ।आयोगले बिहीबार नेकपाका दुवै पक्षलाई सुधारसहित जानकारी पठाउनू भनी पत्र पठाएको थियो। सोही आधारमा ओली पक्षले ऐन–नियम र पार्टीको विधानअनुसार आयोगमा पत्र पठाएको जानकारी दिएको छ।
पत्र लिएर नेकपा नेता सुवास नेम्बाङसहितको टोली आयोग पुगेको थियो। पत्रमा नेकपा विभाजन नभएको उल्लेख गर्दै प्रचण्ड दोस्रो वरीयताका अध्यक्ष भएको उल्लेख छ।
नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु। द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ,’ आयोगलाई अध्यक्ष ओलीले लेखेका छन्, ‘यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ।’
नेपाललाई अध्यक्ष बनाइएको भन्दै दाहाल-नेपाल पक्षले आयोगलाई पठाएको पत्रको औचित्य र वैधानिकता नभएको पत्रमा लेखिएको छ।
‘मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावना अनुरुप र विधानको धारा १८ (झ) (२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झै दुई नम्बर अध्यक्ष हुनुहुन्छ,’ पत्रमा लेखिएको छ।
हेर्नुहोस् अध्यक्ष ओलीले आयोगमा पठाएको पत्रको पूर्णपाठ
यो पनि जान्नुहोस् !
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र राजनीतिक समूह’ राजनीतिक दलका रुपमा दर्ता हुने भएको छ ।
मन्त्री त्रिपाठीका अनुसार समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।
स्वतन्त्र राजनीतिक समूहलाई दलका रुपमा दर्ता गर्ने भएपछि पार्टीका विधान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक मुद्धामा कुरा नमिलेको एकीकरण अगाडि नबढेको बताए ।
समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद विघटन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद विघटनपछि पनि मन्त्री पद कब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री बन्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री बन्ने मौका नै दिएका छैनन् ।
स्वतन्त्र राजनीतिक समूहभित्र पनि त्रिपाठीको दब्दबा छ । त्रिपाठीले अन्य नेताहरूलाई अवसर नदिएपछि समूहभित्रै विवाद रहेको एक नेताले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन च्यालेन्ज गरेका छन् ।
आज प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गरेको आरोप लगाएको भन्दै रोस प्रकट गरेका हुन् ।
‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ प्रचण्डले भने । केपी ओलीले पार्टीको सुझावविपरित काम गरेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?
यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए ।