बिवाह गरेको ३ दिनमै श्रीमतीले छोडेपछि श्रीमानले पिडा सहन नसकेर चाले यस्तो कदम (भिडियो)

समाचार समाज
SHARE

चितवन । अनिशा र कञ्चन काण्डले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आफैले बिहे गरेर सिउँदो भरेको श्रीमतीले नै आफुलाई चिन्दिन भनेपछि कञ्चनले वि ष पि’एका थिए । अहिले उनको स्वास्थ्य अवस्था सुध्रिनुको साटो झनझन बिग्रदै गईरहेको छ । उनको स्वास्थ्य लाभको कामना गर्ने सबैले उनी चाँडै नै निको हुने आशा गरिरहेको बेला डाक्टर कञ्चनको बाँच्ने सम्भावना केवल ५ प्रतिशत मात्र भएको बताएका छन् ।

यो खबर सुनेर अहिले कञ्चनको पक्षमा पुरै गाउँ नै उर्लिएको छ । सबैले अनिशा र उनको परिवारले सजाय पाउनु पर्छ भन्दै आवाज उठाएका छन् । गाउँलेहरुको भनाई अनुसार यदि कञ्चनलाई केही भईहाल्यो भने अनिशा र उनको परिवारलाई जेल हाल्छौं भन्दै पुरै गाउँलेहरुले नै आ’क्रोश व्यक्त गरेका छन् । गाउँलेहरुले अनिशालाई कुनै पनि हालतमा क्षमा नदिने र नछोड्ने बताएका छन् । माया गर्नु कञ्चनको कुनै दोष नभएको उनीहरुले बताउँदै यस्मा अनिशाकै कारणले कञ्चनको यो हालत भएको उनीहरुले बताएका छन् ।

अनिशाले म चिन्दिन उहाँलाई भनेपछि कञ्चनले आफ्ना सबै आफ्न्तहरुलाई अनिशालाई गा’ली नगर्नु भन्दै आफुले यो संसार त्या’ग्ने निर्णय गरेर वि’ष से’वन ग’रेका थिए । कञ्चनले वि’ष से’व’न गरेदेखि उनको परिवारमा निकै त’ना’वको वातावरण श्रृजना भएको छ । कञ्चन घरको कान्छा छोरा हुन् । त्यसैले उनको यो अवस्था देखेर सबैभन्दा उनकी धेरै उनकी आमा रोएकी छिन् । छोरा निको हुने आशमा बसेकी कञ्चनकी आमालाई कस्तो भएको होला जब आज डाक्टरले कञ्चनको बाँच्ने चान्स केवल ५ प्रतिशत मात्रै छ भन्दा । भिडियोसहित

यो पनि जान्नुहोस् !

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र राजनीतिक समूह’ राजनीतिक दलका रुपमा दर्ता हुने भएको छ ।

मन्त्री त्रिपाठीका अनुसार समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।

स्वतन्त्र राजनीतिक समूहलाई दलका रुपमा दर्ता गर्ने भएपछि पार्टीका विधान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक मुद्धामा कुरा नमिलेको एकीकरण अगाडि नबढेको बताए ।

समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद विघटन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद विघटनपछि पनि मन्त्री पद कब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री बन्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री बन्ने मौका नै दिएका छैनन् ।

स्वतन्त्र राजनीतिक समूहभित्र पनि त्रिपाठीको दब्दबा छ । त्रिपाठीले अन्य नेताहरूलाई अवसर नदिएपछि समूहभित्रै विवाद रहेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन च्यालेन्ज गरेका छन् ।

आज प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गरेको आरोप लगाएको भन्दै रोस प्रकट गरेका हुन् ।

‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ प्रचण्डले भने । केपी ओलीले पार्टीको सुझावविपरित काम गरेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए ।