ललितपुर महानगरपालिकामा ज्ञानेन्द्र शाहीको टोलीले छड्के हान्दा भयो यस्तो हंगामा, कर्मचारीका झरे जाडोमै पसिना (भिडियोसहित)

समाचार समाज
SHARE

ललितपुर । नागरिक समाजका अगुवा ज्ञानेन्द्र शाहीले आज ललितपुर महानगरपालिकाको कार्यालयमा छड्के जाँच गरेका छन् । उनले भ्रष्टाचारको विषयलाई लिएर कार्यालयमा छड्के हानेका हुन् । उनले त्यसरी सरकारी कार्यालयमा छड्को हान्दा उनको टोलीसंग त्याहाँका कर्मचरीले अभद्र व्यवहार गरेको उनले आरोप लगाएका छन् । उनको भनाई अनुसार नागरिक समाजको अगुवाको नाताले जुनसुकै कार्यालयमा छड्के हान्ने अधिकार भएको बताएका छन् ।

आफुहरुमाथि अ’भद्र व्यावहार भएको भन्दै उनले त्यो कुरा त्याहाँका इन्चार्जलाई बताएका छन् । कार्यालय कर्मचारीले नै तँ त र म म भन्दै अ’भद्र व्यवहार गरेकोप्रति ज्ञानेन्द्र र उनका टीमले नै आ’क्रोश व्यक्त गरेका छन् । उनीहरुले कर्मचारी भएर नागरिक समाजको अगुवालाई त यस्तो व्यवहार गर्दा रहेछन् भने अरु सेवा लिन कार्यालय आउने आम नागरिकलाई याहाँका कर्मचारीले कस्तो व्यवहार गर्लान् ? भनेर प्रश्न पनि गरेका छन् ।

कार्यलयमा छड्को जाँचकोलागी गएका ज्ञानेन्द्र र उनका टीमसंग चर्काचर्की परेको भिडियो सर्वाजनिक भई सकेको छ । उक्त भिडियोमा शाहीका टिमले अभद्र व्यवहार गर्ने कार्यालयका कर्मचारीलाई सुझबुझका साथमा काम गर्न सुझाव दिएका छन् । त्यसरी सुझाव दिदै गर्दाको दृश्यमा उनीहरुले पनि कर्मचारीलाई थर्काएको देख्न सकिन्छ । भिडियोसहित

यो पनि जान्नुहोस् !

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र राजनीतिक समूह’ राजनीतिक दलका रुपमा दर्ता हुने भएको छ ।

मन्त्री त्रिपाठीका अनुसार समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।

स्वतन्त्र राजनीतिक समूहलाई दलका रुपमा दर्ता गर्ने भएपछि पार्टीका विधान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक मुद्धामा कुरा नमिलेको एकीकरण अगाडि नबढेको बताए ।

समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद विघटन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद विघटनपछि पनि मन्त्री पद कब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री बन्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री बन्ने मौका नै दिएका छैनन् ।

स्वतन्त्र राजनीतिक समूहभित्र पनि त्रिपाठीको दब्दबा छ । त्रिपाठीले अन्य नेताहरूलाई अवसर नदिएपछि समूहभित्रै विवाद रहेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन च्यालेन्ज गरेका छन् ।

आज प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गरेको आरोप लगाएको भन्दै रोस प्रकट गरेका हुन् ।

‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ प्रचण्डले भने । केपी ओलीले पार्टीको सुझावविपरित काम गरेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए ।