सगरमाथाबारे वि’वादित कार्यक्रम बनाउने भारतीय पत्रकारलाई सरकारकै खर्चमा सगरमाथा लगिएको

समाचार समाज
SHARE

काठमाडौं, टेलिभिजन कार्यक्रममार्फत् भारतले सगरमाथामा दावी पेश गर्नुपर्ने वि’वादित अभिव्यक्ति दिएका भारतीय पत्रकार सुधीर चौधरी सरकारकै लगानीमा हेलिकोप्टरबाट सगरमाथा क्षेत्र घुमेको पाइएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नयाँ दिल्लीबाट काठमाडौ आइपुगेका चौधरी प्रधानमन्त्री ओलीसँग अन्तर्वार्तामा लिनुअघि कालापत्थर पुगेका थिए ।

कालापत्थरमै खिचेको भिडियो प्रयोग गरेर चौधरीले नेपालको सगरमाथामा भारतले दावी पेश गर्नुपर्ने धारणासहितको कार्यक्रम तयार पारेका हुन् ।

नेपालको राष्ट्रिय स्वाधिनतामा आँच पुग्नेगरी कार्यक्रम तयार पार्ने विवादित पत्रकार चौधरीलाई सगरमाथासम्म लैजाने खर्च भने नेपाल सरकारले व्यहोरेको भेटिएको हो ।

एयरलाइन्स कम्पनी स्रोतले नै सरकारी निकायबाट उनीहरुको भ्रमण खर्च व्यहोरिने प्रष्ट्याएको हो ।
तर सरकारको कुन निकायले के शीर्षकमा भुक्तानी गरेको हो भन्ने खुलेको छैन ।

पत्रकार चौधरी सिम्रिक एयरको ‘माउन्टेन फ्लाइट’ को प्याकेजमा कालापत्थर पुगेका हुन् ।

चौधरी सहितका तीन जना भारतीय नागरिक पुस २६ गते आइतबार विहान ९ : १० बजे त्रिभुवन विमानस्थलबाट सगरमाथाको आधार शिविर कालापत्थर उडेका थिए ।

उनीहरूले कालापत्थरमा २० मिनेट बिताए ।

उनीहरुले सिम्रिक एयरको 9A – AJZ हेलीकप्टर प्रयोग गरेका थिए । ।

विवादित पत्रकार चौधरीको करिब ५ घण्टाको हेलिकप्टर भ्रमणका लागि नेपाल सरकारले ३२०० अमेरिकी डलर खर्च गरेको स्रोतले जनाएको छ । आफ्नो अन्तरवार्ता अघि पत्रकार चौधरीलाई खुशी पार्न बालुवाटारको पहलमा हेलिकप्टर खर्च राज्यले व्यहोरेको हो ।

‘उहाँहरुको खर्च सरकारले व्यहोरेको हो, कम्पनीको नियमित प्रक्रियाबाट बिल भुक्तानी भएको होइन, सिम्रिक एयर स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिनुअघि चौधरीलाई खुशी पार्न सरकारले चौधरीलाई सगरमाथा घुमाउन लगेको हो ।

यो पनि जान्नुहोस् !

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र राजनीतिक समूह’ राजनीतिक दलका रुपमा दर्ता हुने भएको छ ।

मन्त्री त्रिपाठीका अनुसार समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।

स्वतन्त्र राजनीतिक समूहलाई दलका रुपमा दर्ता गर्ने भएपछि पार्टीका विधान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक मुद्धामा कुरा नमिलेको एकीकरण अगाडि नबढेको बताए ।

समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद विघटन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद विघटनपछि पनि मन्त्री पद कब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री बन्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री बन्ने मौका नै दिएका छैनन् ।

स्वतन्त्र राजनीतिक समूहभित्र पनि त्रिपाठीको दब्दबा छ । त्रिपाठीले अन्य नेताहरूलाई अवसर नदिएपछि समूहभित्रै विवाद रहेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन च्यालेन्ज गरेका छन् ।

आज प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गरेको आरोप लगाएको भन्दै रोस प्रकट गरेका हुन् ।

‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ प्रचण्डले भने । केपी ओलीले पार्टीको सुझावविपरित काम गरेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए ।