श्रीमानले बिहे गरेर छाडेपछि,रातको १२ बजे छोरा छाडेर मर्न हिडेकी शर्मिला १ बर्षमै करोडपति,बिगत सम्झेर धुरु धुरु रोइन

राेचक-खबर समाचार
SHARE

आमा भन्ने शब्द कति प्यारो हुन्छ त्यो बुझ्नेलाई मात्र थाहा हुन्छ हो त्यस्तै एक दुखित आमाको कथा आज जोड्दै छौ।धनकुटाकि चेली शर्मिला घिसिङ् सानैमा बैबाहिक जीवनमा बाधिएकी थिईन,१७ बर्षकै उमेरमा बिबाह गरेकी शर्मिलाको पहिलो सन्तान छोरा भयो।पहिलो सन्तान छोरा हुदा निकै खुसि भएकी शर्मिलाको त्यो खुसि १० मिनेट पनि टिक्न पाएन। बिचरा छोरा लामो संयो बेथाको कारण मस्तिकमा ठुलो चोट परेको डाक्टरले जानकारी दिए।

गरिबीको रेखामा रहेकी शर्मिलाले त्यो समय न छोराको राम्रो संग उपचार गर्न पाईन न आफुलाई सुत्केरी महसुस गरिन।श्रीमान विदेश भएकै कारण उनि त्यो समय आफुलाई निकै पिडामा व्यतित गरिन।पछि श्रीमान आए जव छोराको उपचार न हुने भए पछि,फेरी दुइ सन्तान भए एकै पटक।जुम्लिया छोरा जन्मिए पछि थपिएको खुसि फेरी धेरै समय टिक्न पाएन,कारण श्रीमान बाट उनले साथ् पाइनन् साहेद सानै उमेरको बिबाह थियो,बिचैमा श्रीमानले छाडिदिए पछि उनि एक्लै बस्न थालिन आज उनि गरिबीबाट थोरै पछाडी हटेकी छिन र आफुले केहि गरेर परिवार पालन पोसन गर्न सक्ने भएकी छिन।

यो पनि जान्नुहोस् !
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र राजनीतिक समूह’ राजनीतिक दलका रुपमा दर्ता हुने भएको छ ।

मन्त्री त्रिपाठीका अनुसार समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।

स्वतन्त्र राजनीतिक समूहलाई दलका रुपमा दर्ता गर्ने भएपछि पार्टीका विधान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक मुद्धामा कुरा नमिलेको एकीकरण अगाडि नबढेको बताए ।

समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद विघटन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद विघटनपछि पनि मन्त्री पद कब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री बन्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री बन्ने मौका नै दिएका छैनन् ।

स्वतन्त्र राजनीतिक समूहभित्र पनि त्रिपाठीको दब्दबा छ । त्रिपाठीले अन्य नेताहरूलाई अवसर नदिएपछि समूहभित्रै विवाद रहेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन च्यालेन्ज गरेका छन् ।

आज प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गरेको आरोप लगाएको भन्दै रोस प्रकट गरेका हुन् ।

‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ प्रचण्डले भने । केपी ओलीले पार्टीको सुझावविपरित काम गरेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए ।