सौता बेर्होन तयार छु तर घर फर्किदिनुस् भन्दै एउटी श्रीमतीले श्रीमानलाई गरिन् आग्रह, यस्तोसम्म गरेका रहेछन् श्रीमानले, रुदैं आईन् मिडियामा (भिडियोसहित)

राेचक-खबर समाचार
SHARE

काठमाण्डौ । ईश्वरी पोख्रेल । तीन सन्तानकी आमा । जस्को एक छोरा दुई छोरी छन् । घर पाँचथर । तर काठमाणडौ बस्दै आएको लामो समय भएको रहेछ । श्रीमानले छोडेका रहेछन् । उनका श्रीमानले एक पटक हैन पटक पटक छोड्दै र भेटिंदै अनि अब छोड्दिन भन्दै बाचा कसम खाँदै सन्तान जन्माउँदै र फेरी छोड्दै गरेका रहेछन् । यस्तो श्रीमानलाई पनि ईश्वरीले अहिलेसम्म सम्मान र प्रेम गरेको बताउँछिन् ।

ईश्वरीको भनाई अुनसार उनका श्रीमानले अर्कै केटी लिएर केटीसंगै काठमाण्डौमा नै फ्ल्याट लिएर बसेका रहेछन् । कतिसम्म भएको रहेछ भने तीन सन्तान जन्मिसकेपछि पनि श्रीमान फेरी पहिलाको जस्तै गरी घरपरिवार र छोराछोरीदेखि सम्पर्क बिहीन भए । लामो समयसम्म सम्पर्क बिहीन भएपछि ईश्वरीले श्रीमानको खोजी गर्न सकिनछिन् । तर एकदिन माक्स किन्नेबेलामा भने कान्छि छोरीले बाबालाई चिनेर घरमा ल्याएको उनले बताईन् । ईश्वरीको यो कुरा सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर यो साँचो हो ।

घरमा श्रीमती र छोराछोरी हुँदाहँदै अर्कै केटीसंग लागेर आफ्ना सबै जिम्मेवारी बिर्सिएका ईश्वरी श्रीमानको यस्तो बानीले आजित भएकी छिन् । तरपनि उनले छोराछोरीलाई बाबुको माया र केयरको आवश्यकता परेको हुनाले बरु आफुले सौता बेर्होन तयार रहेको तर घर सम्झिएर फर्कन उनले श्रीमानलाई आग्रह गरेकी छिन् । कुनै पनि श्रीमतीले आफ्नो श्रीमान अरुसंग बोलेको त रुचाउँदैनन् भने सौता बेर्होने कुरा त मुटुमा ढुंगा राखेर बोलिने कुरा हो । ईश्वरीले पनि त्यही बोलेकी हुन् । भिडियोसहित

यो पनि

काठमाडौं। नेपाल पुरुषप्रधान देश हो । अहिले पनि पुरुषले घरबाहिर र महिलाले चुलोचौकाको काम गर्नुपर्छ भन्ने मान्यता कायमै छ । कतिपय महिला जीवनमा नयाँ गर्ने चाहना हुँदाहुँदै पनि सामाजिक संस्कारका कारण खुलेर बाहिर आउन सकिरहेका छैनन् । तर, पछिल्लो दशक हरेक क्षेत्रमा महिलाको पहुँच बढ्दो छ । यसका लागि राज्यले पनि विभिन्न आरक्षणको व्यवस्थासमेत गरेको छ । अहिलेको सामाजिक परिवेशमा अगाडि बढ्नका लागि महिलामा के चाहिन्छ त ? मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई नयाँ पत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् :

-महिला बोल्ड र सफल हुनका लागि पहिलो कुरा आफ्नो क्षमता बुझ्न जरुरी हुन्छ । पढेको वा नपढेको जस्तोसुकै महिला किन नहोस्, आफ्नो क्षमताको पहिचान गरी सम्बन्धित क्षेत्रमा लाग्नुपर्छ । जसले जस्तोसुकै काम रोजे पनि ऊभित्र उत्साह हुन जरुरी छ । सँगसँगै बलियो विलपावर पनि चाहिन्छ । त्यही विलपावरले नै महिलाको लक्ष्य निर्धारण गर्छ । विलनेसले नै लक्ष्यसम्म पुग्नका लागि भूमिका खेल्छ।

-कतिपय महिला अनएजुकेटेड छु भन्दैमा अगाडि बढ्न हतोत्साहित भएका हुन्छन् । र, कतिपय मान्छे मास्टर्स गरेर पनि केही नगरी बसेका छन् । महिलाले सोच्न के पर्छ भने हामीले केचाहिँ छोडेर जाने ? के योगदान गर्ने ?

-नेपाली समाजमा महिलाको गतिविधिलाई निर्धारण गरिएको छ । संस्कारले बाँधेको छ, कुनै बन्द भाँडामा राखेको सामग्रीजस्तो । तर, कोही महिला अगाडि बढ्न चाहन्छ र कुनै क्षेत्रमा केही योगदान गर्न खोजिरहेको छ भने ऊसँग कन्भिन्सिङ पावर चाहिन्छ । कुनै महिलाले घरका दिवार फोड्नुपर्छ, झगडा गर्नुपर्छ भन्ने होइन । घरका मानिसलाई पनि कन्भिन्स गरेर आफ्नो लक्ष्यप्राप्तिका लागि अगाडि बढ्नुपर्दछ।

-मानिसले महिलालाई ठाउँ दिने विषयमा सबैभन्दा पहिला पाइन्ट र फ्रकभन्दा पनि उसको क्षमता हेर्नुपर्दछ । महिलालाई अहिले पनि विभिन्न कुरामा डोमिनेट गरिएको हुन्छ । त्यो विषयमा ध्यान नदिएर आफ्नो क्षमताप्रति पूर्ण विश्वास हुन जरुरी हुन्छ।

-अगाडि बढ्न खोज्ने महिलालाई विभिन्न आरोप पनि आउँछन् । नैतिकतामाथि प्रश्न खडा गरेर डिमोरलाइज गर्न खोजिन्छ । यस्तो अवस्थामा पनि महिलाहरू सम्हालिएर अगाडि बढ्नुपर्दछ।
अगाडि बढ्न खोज्ने महिलामा बौद्धिक सुन्दरताको पनि जरुरी हुन्छ।

-महिलामा आर्थिक स्वतन्त्रता हुँदैन । यो निकै दुखद पक्ष हो । यतिसम्म कि उसमा आम्दानी गर्ने र खर्च गर्ने स्वतन्त्रता पनि हुँदैन । अगाडि बढ्ने महिलामा आर्थिक स्वतन्त्रता चाहिन्छ।

-कतिपय महिला केही गर्ने चाहना हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन सकिरहेका हुँदैनन् । त्यसैले उनीहरूले कम्तीमा स्वतन्त्र रूपमा गाँस, वास र कपासको व्यवस्था गरेर लक्ष्यप्राप्तिको लागि दोडनुपर्दछ।

-महिला सफल हुनका लागि पुरुषको पनि हात चाहिन्छ । जसरी धेरै पुरुषको सफलतापछाडि महिलाको देन छ।

-महिला म्यानेजमेन्टमा निकै सिपालु हुन्छन् । यो उनीहरूको जन्मजात क्षमता हो । पैसाको व्यवस्थापन र घरपरिवारको व्यवस्थापनमा महिलाको सधैँ दख्खल हुन्छ । महिलाले अरूको दिमागलाई बुझेर दिमाग मात्र होइन, हात पनि चलाउन सक्छन् । यो महिलाको सबैभन्दा ठूलो स्ट्रेन्थ हो।

-महिलाको कमजोरी भनेको प्रोपर्टीमा उसको हक र स्वतन्त्रता हुँदैन । त्यसैले महिलाले मात्र होइन, सफल बन्नका लागि हरेक नेपालीले आफ्नो अधिकारबारे राम्रोसँग थाहा पाउनुपर्दछ।