उडिरहेको जहाजभित्रै शारीरिक सम्बन्ध ! यात्रु चकित !!

अन्तराष्ट्रिय राेचक-खबर समाचार
SHARE

लन्डन – भर्जिन अटलान्टिक विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शारीरिक सम्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् । १३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौन सम्बन्ध राखेको खबर बाहिर आएको हो ।

सो फ्लाइट ११ घन्टाको थियो । ती महिलाले अपरिचित युवालाई सुरुमा चुम्बन गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आपत्तिजनक क्रियाकलाप गरेको दि सनले जनाएको छ । दुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए ।जब ढोका खुल्यो त्यहाँ आपत्तिजनक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिना रक्सी पिएर विमानमा चढेकी थिइन् । उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रेन्ड्ली भएर बोल्दै थिइन् ।

म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चुम्न थालिन् । केही समयपछि उनी बाथरुममा गइन् । ती युवक पनि पछि पछि गए ।’त्यसपछि बाथरुममा के भइरहेको छ भन्ने कुरा विमानमा यात्रा गरिरहेका यात्रुले अन्दाज गर्न सक्थे किनकि ती महिला चर्को आवाज निकालिरहेकी थिइन् ।

यो पनि

काठमाडौं। नेपाल पुरुषप्रधान देश हो । अहिले पनि पुरुषले घरबाहिर र महिलाले चुलोचौकाको काम गर्नुपर्छ भन्ने मान्यता कायमै छ । कतिपय महिला जीवनमा नयाँ गर्ने चाहना हुँदाहुँदै पनि सामाजिक संस्कारका कारण खुलेर बाहिर आउन सकिरहेका छैनन् । तर, पछिल्लो दशक हरेक क्षेत्रमा महिलाको पहुँच बढ्दो छ । यसका लागि राज्यले पनि विभिन्न आरक्षणको व्यवस्थासमेत गरेको छ । अहिलेको सामाजिक परिवेशमा अगाडि बढ्नका लागि महिलामा के चाहिन्छ त ? मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई नयाँ पत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् :

-महिला बोल्ड र सफल हुनका लागि पहिलो कुरा आफ्नो क्षमता बुझ्न जरुरी हुन्छ । पढेको वा नपढेको जस्तोसुकै महिला किन नहोस्, आफ्नो क्षमताको पहिचान गरी सम्बन्धित क्षेत्रमा लाग्नुपर्छ । जसले जस्तोसुकै काम रोजे पनि ऊभित्र उत्साह हुन जरुरी छ । सँगसँगै बलियो विलपावर पनि चाहिन्छ । त्यही विलपावरले नै महिलाको लक्ष्य निर्धारण गर्छ । विलनेसले नै लक्ष्यसम्म पुग्नका लागि भूमिका खेल्छ।

-कतिपय महिला अनएजुकेटेड छु भन्दैमा अगाडि बढ्न हतोत्साहित भएका हुन्छन् । र, कतिपय मान्छे मास्टर्स गरेर पनि केही नगरी बसेका छन् । महिलाले सोच्न के पर्छ भने हामीले केचाहिँ छोडेर जाने ? के योगदान गर्ने ?

-नेपाली समाजमा महिलाको गतिविधिलाई निर्धारण गरिएको छ । संस्कारले बाँधेको छ, कुनै बन्द भाँडामा राखेको सामग्रीजस्तो । तर, कोही महिला अगाडि बढ्न चाहन्छ र कुनै क्षेत्रमा केही योगदान गर्न खोजिरहेको छ भने ऊसँग कन्भिन्सिङ पावर चाहिन्छ । कुनै महिलाले घरका दिवार फोड्नुपर्छ, झगडा गर्नुपर्छ भन्ने होइन । घरका मानिसलाई पनि कन्भिन्स गरेर आफ्नो लक्ष्यप्राप्तिका लागि अगाडि बढ्नुपर्दछ।

-मानिसले महिलालाई ठाउँ दिने विषयमा सबैभन्दा पहिला पाइन्ट र फ्रकभन्दा पनि उसको क्षमता हेर्नुपर्दछ । महिलालाई अहिले पनि विभिन्न कुरामा डोमिनेट गरिएको हुन्छ । त्यो विषयमा ध्यान नदिएर आफ्नो क्षमताप्रति पूर्ण विश्वास हुन जरुरी हुन्छ।

-अगाडि बढ्न खोज्ने महिलालाई विभिन्न आरोप पनि आउँछन् । नैतिकतामाथि प्रश्न खडा गरेर डिमोरलाइज गर्न खोजिन्छ । यस्तो अवस्थामा पनि महिलाहरू सम्हालिएर अगाडि बढ्नुपर्दछ।
अगाडि बढ्न खोज्ने महिलामा बौद्धिक सुन्दरताको पनि जरुरी हुन्छ।

-महिलामा आर्थिक स्वतन्त्रता हुँदैन । यो निकै दुखद पक्ष हो । यतिसम्म कि उसमा आम्दानी गर्ने र खर्च गर्ने स्वतन्त्रता पनि हुँदैन । अगाडि बढ्ने महिलामा आर्थिक स्वतन्त्रता चाहिन्छ।

-कतिपय महिला केही गर्ने चाहना हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन सकिरहेका हुँदैनन् । त्यसैले उनीहरूले कम्तीमा स्वतन्त्र रूपमा गाँस, वास र कपासको व्यवस्था गरेर लक्ष्यप्राप्तिको लागि दोडनुपर्दछ।

-महिला सफल हुनका लागि पुरुषको पनि हात चाहिन्छ । जसरी धेरै पुरुषको सफलतापछाडि महिलाको देन छ।

-महिला म्यानेजमेन्टमा निकै सिपालु हुन्छन् । यो उनीहरूको जन्मजात क्षमता हो । पैसाको व्यवस्थापन र घरपरिवारको व्यवस्थापनमा महिलाको सधैँ दख्खल हुन्छ । महिलाले अरूको दिमागलाई बुझेर दिमाग मात्र होइन, हात पनि चलाउन सक्छन् । यो महिलाको सबैभन्दा ठूलो स्ट्रेन्थ हो।

-महिलाको कमजोरी भनेको प्रोपर्टीमा उसको हक र स्वतन्त्रता हुँदैन । त्यसैले महिलाले मात्र होइन, सफल बन्नका लागि हरेक नेपालीले आफ्नो अधिकारबारे राम्रोसँग थाहा पाउनुपर्दछ।