प्रचण्डले भनेः केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन उहाँको के दोष ?

राजनीति समाचार
SHARE

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गर्दै निसन्तान हुनु दोष नभएको बताएका छन् । उनले आफू निसन्तान नहुनु पनि दोष नभएको बताएका छन्।

‘म निसन्तान भइनँ मेरो दोष हो । केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ?’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग विशेष अन्तवार्ता दिदै प्रचण्डले भने । ओलीले प्रचण्डले परिवारलाई मात्र प्राथमिकतामा राखेर कदमहरु चालिरहेको आरोप लगाउँदा प्रचण्डले यस्तो भनाई सार्वजनिक गरेका हुन्।प्रचण्डले आफ्नो परिवारका सदस्यहरुको राजनीतिमा ठुलो योगदान भएको स्मरण गराए । ‘यु’द्धका बेलामा म’र्न हिंडेका होइनन् र ? जेलनेल या’तना भोगेर आएका हुन् र ? क्रान्तिमा सबै होभिए त्यो मेरो दोष हो,’ उनले भने,‘भैरवनाथ गणमा तीन वर्ष लापता भएर यातना खाएर बसे । रोल्पा रुकुमका भीरपाखामा कुदे मेरा छोरीहरु ।’ उनले आफूले यु’द्धमा छोराछोरीलाई विदेशमा पढ्न नपठाएको समेत बताए।

ओलीले आफूलाई सिध्याउने उद्देश्यमा अहिलेको कदम चालिरहेको आ’रोप लगाए । उनले ओलीमाथि जा’लझेल र ष’ड्यन्त्रको आ’रोप लगाए । उनले भने,‘केपीजीको एकमात्र उद्देश्य प्रचण्डलाई सिध्याउने रहेछ ।’ प्रचण्डलाई सिध्याउनका लागि गणतन्त्र नै स’खाप पार्न खोजेको आ’रोप लगाए।

संविधानलाई कुल्चने काम भएको र ह’त्या नै गर्न खोजिए देश अराजकताको भुँमरीमा फस्ने ख’तरा औल्याए । आफू मूलधारको राजनीतिमा आइसकेको तर ओलीको कदमवि’रुद्ध वि’द्रोह गर्नेहरु अरु निस्कने र त्यसलाई दमन गर्न खोज्दा अराजकता निम्तनसक्ने बताए । उनले भने,‘संविधानको ह’त्या गर्ने कार्य भएमा नेपाल फेरि अराजकताको सुरुङभित्र पस्यो।’

ओलीले देशमा राजा नफर्कने बताए । राजावादी सलबलाएको प्रश्नमा उनले भने,‘सलबलाउनेहरु सलबलाइरहन्छन्, इतिहासको चक्का पछाडि फर्कदैन ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र बचाइने बताए । आफूमा आवेग र आक्रोश भएको बताए । उनले धेरै सघर्ष गरेर ल्याएको गणतन्त्रको शिशुको ह’त्या गर्न खोजिए सहन नसक्ने बताए।

त्यसैगरी : पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।

तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।