BREAKING NEWS…. अन्त:फेरी आउने भए कुलमान घिसिङ।यस्तो छ तयारी

समाचार समाज
SHARE

काठमाडौँ / मुलुकलाई उज्यालो दिने व्यक्तिको रुपमा चिनिन्छन्, कुलमान घिसिङ । १८ घण्टाभन्दा बढी लामो समयको लोडसेडिङ अन्त्य गरेर उज्यालो दिएका कुलमान जति शासकको अप्रिय छन्, त्यत्ति नै जनताको प्रिय र पूज्य छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको निरन्तरता बहुसंख्यक नेपालीले चाहेका थिए । तर, उनलाई राज्यले दोहो¥याएन र उनको स्थानमा पदपूर्ति पनि गरिएको छैन, जस कारण कुलमानको प्राधिकरण यात्रा अझै सम्भावना रहेको धेरैले झिनो आशा गरेको पाइन्छ।

उनी फेरि प्राधिकरणको नेतृत्व लिन जालान् वा नजालान् यो भविष्यमा थाहा हुने नै भयो । तर, अहिले कुलमानको योगदानको जस लिन नेताहरुको हानाथाप देखिएको छ । लोडसेडिङ अन्त्य गर्ने कार्यमा कुलमानको मात्रै हात रहेको होइन, प्राधिकरणका समग्र कर्मचारी, तालुक मन्त्रालयका अधिकारी र मन्त्री तथा सिङ्गो राज्य प्रणालीकै सहयोग रहेको स्वयं कुलमानले स्वीकारेका छन्।

तर, तत्काल लोडसेडिङ अन्त्य नहुने, लोडसेडिङ हटाउन वर्षाैं लाग्ने प्राधिकरणका पूर्वप्रमुखदेखि जलविद्युत विज्ञहरुको भनाइ वि’परीत कुलमानले नेतृत्व सम्हाले लगत्तै सदाको लागि अन्धकार हटाएको यथार्थले नेपालीको मन जित्न सफल भयो। २०७३ भदौं ३१ गते प्राधिकरणको नेतृत्व सम्हाल्न थालेका कुलमानले सोही वर्षको लक्ष्मी पूजाको दिनबाट लोडसेडिङ अन्त्यको अभियान थालेका थिए । र २०७७ भदौ ३० गते चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घर फर्किंदै गर्दा लोडसेडिङ नेपालीले बिर्सिसकेका थिए । उनको बिदाइसँगै आक्कलझुक्कल बत्ति जाँदा कतै फेरि लोडसेडिङ हुन लागेको त होइन भन्ने आशंका भने पैदा गराइरहेको छ । प्राधिकरणमा २६ वर्ष सेवा गरेर अवकाश पाएका कुलमान नेपाली जनताको प्रिय र पूज्य पात्र हुन।

मुलुक निर्वाचनको बाटोमा अघि बढिरहँदा कुलमानलाई आफूले ल्याएको, दोहो¥याउन चाहेको नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । अर्थात कुलमानलाई चुनावी एजेण्डा बनाउन थालिएको छ । कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिँदा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड थिए भने ऊर्जामन्त्रीमा जनार्दन शर्मा थिए । लोडसेडिङ हटाउने क्रममा प्राधिकरणको तालुक मन्त्रालयको नेतृत्वमा रहेका शर्माले जस पाउनु स्वभाविकै हो ।

तर, पूर्ववर्ती मन्त्री टोपबहादुर रायमाझीले पनि जस खोजिरहेका छन् । कुलमानलाई प्राधिकरण प्रमुख बनाउन आफ्नो ठूलो हात रहेको रायमाझी दाबी गर्दै आएका छन् । कुलमानलाई प्राधिकरण प्रमुख बनाउन आफूले सबै तयारी पूरा गरेकै बेला सरकार परिवर्तन भएको रायमाझीको दाबी छ । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपप्रधान तथा ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी थिए । संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न खोजिएपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै रायमाझी पनि ऊर्जा मन्त्रीबाट हटे । पछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भयो र ऊर्जामन्त्रीमा जनार्दन शर्मा नियुक्त भए । जनार्दन शर्माकै पालामा कुलमान प्राधिकरण प्रमुखमा नियुक्त भए ।

त्यसैगरी : पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।

तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।