‘श्रीमतीको जीवन लम्ब्याउन ६ बर्ष ब्रत बसेँ’ दिवंगत पत्निलाई सम्झिएर रुन्छन् मदनकृष्ण

मनोरन्जन समाचार

काठमाडौँ / क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर तथा क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर जितेकाहरुको मनोबल उच्च राख्ने र आफ्नो जिम्मेवारी तथा दायित्व बोध गर्दै जीवनलाई रमाईलो तरिकाले बाच्न सिकाउँने उदेश्यले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

विगतमा बच्चाहरुका लागि र्याम्प शो, बष्यकका लागि टीकटक प्रतियोगिता गर्दै आएको क्यान्सर सपोर्ट ग्रुपले यसपटक बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाई जुम मार्फत कविता प्रतियागिता गरायो।

इच्छा भए उपाय अनेक भनेझैं देशनै कोरोनाको च’पेटामा परेको बेला कोरोना जितेर आफ्नो स्वास्थ्य उपचार लगायतका बिषयमा चिन्तित बिरामीलाई थप तनाव हुनुहुन्न र उनीहरुको जीवन हासिखुशी जिउन सक्ने आधारको खोजिगर्दै आएकी क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका अध्यक्ष प्रा.सुधिर श्रेष्ठले क्यान्सर जितेका बिरामीहरुको सकृयताका लागि खोजी खोजी प्रतियोगितामा भाग लिन लगाएको क्यान्सर विजेता तथा कविता प्रतियोगिताको पनि प्रथम बिजेता गंगा केसीले बताइन्।

कविता प्रतियोगिताका बिजेताहरु प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ सम्मलाई सेलिब्रेटी अवार्डको बरिष्ठ कलाकार श्रेष्ठले घोषणा गरे। उनले सेलिबे्रटी अवार्ड हातपार्नेमा मोर्डल डली गुरुङ, गायक संगिता शाक्य, जेष्ठ नागरिक तारा प्रसाद त्रिपाठी, लोकेश्वरी शाक्य, गिता चित्रकार भएको उद्घोष गरे।नेपाल समाचारपत्रमा खबर छ ।

सोही अवसरमा बरिष्ठ कलाकार श्रेष्ठले आफूले पहिला लेखेका गितहरु तिमी जुन जस्तै लाग्छ भन्ने बोलको गित आज आफ्नै जीवनमा त्यस्तै भोगेको छु भन्दै निकै दुःखी भए। उनले विजेताको नाम पढेर सुनाएसँगै हरेक शब्दमा श्रीमती बितेपछिको आफ्नो जीवन एक्लो र प्राय शून्य भएको सुनाए। महिलाहरुले श्रीमानको आयुका लागि ब्रत बस्छन,मैले पनि मेरो श्रीमतीको जीवन बचाउनका लागि ६ बर्ष ब्रत बसें।

यदि मैले मेरो श्रीमतीलाई बचाउन हरेक प्रयत्न गरेको थिइन र उनका नाममा ब्रत बसेको थिइन भने उनले मलाइ ६ वर्ष पहिला नै यो संसारमा एक्लो पारेर जाने थिइन्। श्रीमतीले छोडेर गएपछि दिमागै बन्द भए जस्तो भयो। पहिला कति नाच्ने, गाउँने, हास्ने, रमाउने, गित, व्यग्य लेख्ने मान्छे आज तेसै तेसै हराएको छु । उनको मृ’त्यु पछि उनैमा समपर्ण गरेर गित लेखेको छु।

अहिले पनि म श्रीमतीको सम्झनामा एकलै बसेर रुन्छु र मनलाई धोएर आफुलाई शान्त पार्छु श्रेष्ठले भन्नुभयो । क्यान्सर जितेका १० जनाले आफ्नो अनुभव सहित जुमका माध्यमबाट कविता वाचन गरेर सुनाउनुका साथै आफ्ना भोगाई पनि साटेका थिए । नेपाल समाचारपत्रले लेखेकाे छ।

त्यसैगरी : पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।

तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।