काठमाडौँ / सिरहाको सुखिपुर नगरपालिका ४पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोराजन्माएकी छन्।राज कुमार मोचीको छोरा उमेश कुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।
घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्मदिएकी हुन्।लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन्।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।
लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् ।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।
उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।
आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।
तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।