ओलीका विश्वासपात्र यी नेताको अर्वौ सम्पतिको खुलासा , : काठमाडौँ मै २३ आना जग्गामा महल

राजनीति समाचार
SHARE

काठमाडौँ  / हाल उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल तत्कालीन नेकपा मालेमा रहँदा ०४४ सालताका भूमिगत थिए । भूमिगत छँदै पोखरेलले केन्द्रीय समितिको एउटा बैठकमा काठमाडौंको कोटेश्वरमा आफ्नो घडेरी रहेको बताए । पोखरेलको यसबेला काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ मा २३ आना जग्गामा बनेको तीन तले घर छ ।

धापासीको घर जग्गा उनकी श्रीमती मिरा ध्वंजु पोखरेलका नाममा छ । पोखरेल आफैंले भरेको सम्पत्ति विवरण फारममा पैत्रिक सम्पत्तिबापत पाएको झापाको चन्द्रगढीको १२ कठ्ठा जग्गा आफ्नो नाममा रहेको उल्लेख गरेका छन् । भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना जग्गा श्रीमती ध्वंजुलाई माइतीले दिएको र धादिङको खानीखोलामा श्रीमतीकै नाममा ४ रोपनी जग्गा रहेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए । यसलगत्तै पोखरेललाई प’क्राउ गरेर राजबिराज जेलको हिरासतमा राखियो । त्यतिखेर धुम्बाराहीस्थित पोखरेलको त्यही घरको पानी ट्याङकीमा पैसाको बिटा भेटिएको प्रचार उनकै पार्टीले गरेको थियो ।

धादिङ खानीखोलाको जग्गा पारिश्रमिक, जमिन बिक्री र ऋणबाट खरिद गरेको दावी पोखरेलको छ । काठमाडौं–४ धुम्बाराहीको घर–जग्गा बिक्री र बैंकबाट ऋण लिएर धापासीको घर–जग्गा जोडेको पोखरेलले सम्पति विवरणमा उल्लेख गरेका छन् । धुम्बाराहीस्थित शंकपार्कछेउमा करिब ४ आना पुग–नपुग जग्गामा पोखरेलको घर थियो । त्यही घरमा उनले वर्षौ बिताए । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए । यसलगत्तै पोखरेललाई पक्राउ गरेर राजबिराज जेलको हिरासतमा राखियो । त्यतिखेर धुम्बाराहीस्थित पोखरेलको त्यही घरको पानी ट्याङकीमा पैसाको बिटा भेटिएको प्रचार उनकै पार्टीले गरेको थियो ।

बरुण हाइड्रोमा उनको १० हजार कित्ता सेयर छ । त्यस्तै, कृषि विकास बैंकमा २ सय कित्ता र मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता सेयर छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, सानिमा बैंकमा पनि पोखरेल दम्पतिको ठूलै मात्रामा नगद मौज्जाद छ । पोखरेलकी श्रीमती ध्वंजु प्राथमिक विद्यालयकी शिक्षिका हुन् । उनी तत्कालीन नेकपा मालेको भूमिगत कार्यकर्ता पनि थिइन । उनी असार ०६१ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी भए । त्यसपछि जेठ ०६८ मा १२ दिन उपप्रधानमन्त्री भए । पोखरेल लामो समय मन्त्री भएको फागुन ०७४ पछि यसबेलासम्म मात्र हो ।

त्यसैगरी : मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो । यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए ।

उनका पति, जो एक नेपाली युवक हुन् । तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवन शैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको । ‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ ।
र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् । उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बार म्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो ।