एकाएक देशमा हुदैछ उथल पुथल यस्ताे छ भित्रि तयारी

राजनीति समाचार
SHARE

काठमाडौँ / समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन द’बाब दिएको छ । पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन्।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको बताए । ‘स्वास्थ्यमा समस्या परे उपचारका लागि बिदा बस्न पाइन्छ, राजीनामा दिनुपर्दैन,’ उनले भने।राजनीतिक वृत्तमा भने सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालाई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ।

विखण्डनको मु’द्दा छाडेर मूलधारको राजनीतिमा आएका सीके राउतलाई संसद्भित्र छिराउन राउतकै जिल्लाको सिट खाली गराइएको आशंका पनि केहीले गरेका छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।राउतसँगको सहमतिका क्रममा नेकपाका नेताहरूले उनलाई संसद्मा ल्याउनेसम्मको भद्रसहमति गरेको बताइन्छ । त्यो सहमति कार्यान्वयन गर्ने सिलसिलामा सत्तारूढ दलहरू नेकपा र समाजवादीकै योजनाअनुसार यादवको राजीनामा आएको आशंका गरिएको हो।‘त्यस्तो आ’शंका गलत हो ।

मधेसका मूलधारका पार्टी समाजवादी र राजपा हुन् । हाम्रो पार्टी सीके राउतको पार्टीसँग मिल्न आवश्यक छैन र सम्भावना पनि छैन,’ अरगरियाले भने।राउत नेतृत्वको जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले पनि त्यस्तो आशंकाको खण्डन गरे । ‘हामी मूलधारको संसदीय राजनीति गर्नै पार्टी बनाएर आएका हौं तर अहिले नै उपचुनावमा ल’ड्ने हाम्रो तयारी छैन,’ उनले भने, ‘सप्तरीमा एक सांसदले राजीनामा दिनुमा हाम्रो कुनै सम्बन्ध छैन।’उनले पहिले पार्टी मजबुत बनाउने र त्यसपछि मात्र चुनावमा जाने बताए।

त्यसैगरी ,मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो । यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए ।

उनका पति, जो एक नेपाली युवक हुन् । तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवन शैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको । ‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ ।
र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् । उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बार म्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो ।