रक्सीले छेउ भित्तो गर्दै हलमा छिर्नेलाई संविधानमा के लेखिएको थाहा हुँदैन : गगन थापा

राजनीति समाचार
SHARE

काठमाडौँ  / नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको कदम संविधान बाहिरको भएको बताएका छन्। संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद वि’घटन गर्न नसक्ने उल्लेख गर्दै उनले संसद बि’घटनको प्रस्तावलाई प्रधानमन्त्री ओलीको ‘सनकीपन’को संज्ञा दिए।

बुटवल आयोजित विरोधसभामा थापाले संविधानको रक्षा र प्रधानमन्त्रीको कदमलाई ठिक ठाउँमा ल्याउनका लागि नेपाली कांग्रेसले सडक आन्दोलन गरिरहेको बताए। ‘कमजोर प्रधानमन्त्रीले मात्रै संसद बि’घटनको प्रस्ताव गर्नसक्छ,’ उनले भने ‘पार्टीको आन्तरिक झ’गडाको कारण कसैले संविधानको ह’त्या गर्न पाउँदैन।’

उनले संविधानमै नभएको व्यवस्था अनुसार संसद वि’घटन गरेकै कारण पूर्वप्रधानन्यायाधीश समेत एक ठाउँमा उभिएर सरकारको ध्यानाकर्षण गराएको जिकीर गरेका छन्। ‘संविधानमा कहीँकतै बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन। त्यसैले पनि पूर्वप्रधानन्याधीशहरू एक ठाउँमा उभिएर बोले,’ थापाले भने, ‘यसबाट पनि प्रष्ट हुन्छ कि, ओलीको कदम असंवैधानिक मात्र होइन अनाधिकृत पनि हो।’

संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन गर्नु असंवैधानिक भएको बताए। ‘संविधान पल्टाएर, बुझेर र जानेरै संविधानको धारा ७६ लेखेको हो। नशामा लठ्ठ परेर होइन,’ उनले भने। देशमा कोरोना म’हामारीले सं’कट आइरहेको बेलामा संसद वि’घटन गरेर चुनाब गर्छु भन्नु प्रधानमन्त्रीको अर्को अराजनैतिक कदम भएको थापाको भनाइ थियो।

कोरोना म’हामारीको बेला खोप केन्द्र बनाई जनतालाई राहत दिनेबेला मतदान केन्द्र बनाएर आहत दिएको थापाले बताए। प्रधानमन्त्रीको असंबैधानिक कदमको अदातलते सच्याउनुपर्ने उनले बताए। ‘श्रीमानहरूले सडकबाट प्रभावित हुँदैनौ भनेर भनिरहनुभएको छ भन्ने सुनेको छु,’ थापाले भने, ‘कोठाभित्र हुने खासखुस पनि श्रीमानले नसुन्नुहोला।’

त्यसैगरी : मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो । यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए ।

उनका पति, जो एक नेपाली युवक हुन् । तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवन शैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको । ‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ ।
र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् । उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बार म्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो ।