साह्रै दु’खद खबर: मलेशियाका अस्पतालमा नेपा’लीका ३५ श’व !

प्रवास खबर समाचार
SHARE

मलेशिया: मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका श’वहरू विभिन्न अस्पतालमा रहेका छन्।ती श’वहरू नेपाल ल्याउन ‘सरकारलाई आग्रह गरिए’ अनुसार ‘यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको’ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको श’व ल्याउने र परिवारसम्म पुर्‍याउने गर्छ।वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृ’त्यु हुने देशहरूमा मलेशिया पनि पर्छ।कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ।

उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ। श’व किन थुप्रिए?-कोभिड-१९ का कारण कामदारको आदानप्रदानमा कमी हुँदा र अन्य मानिसहरूको आवतजावतमा पनि कडाइ भएकाले मलेशिया र नेपालबीच हुने नियमित उडानहरू कम भएको अधिकारीहरू बताउँछन्।

त्यसैगरी : भारतको विहारमा ६५ वर्षीया एक महिलाले पछिल्लो १४ महिनामा ८ पटक बच्चा जन्माएकी छिन् । भारतमा जे पनि सम्भव छ भन्ने कुरा यो उदाहरणले पुष्टि गर्छ । त्यस्तै अर्की एक महिला गत ९ महिनामा ५ बच्चाको आमा बनेकी छिन ।

स्रोतको हवाला दिँदै भारतीय समाचार एजेन्सी आइएएनएसले लेखेको छ, ‘बच्चा बच्चीलाई जन्म दिँदा पाइने भत्ता लिन महिलाहरूले केही महिनामै धेरैपटक सुत्केरी भएको प्रमाण पेश गर्ने गर्छन् ।’ उनीहरूले किर्ते प्रमाण देखाउँदा १४ महिनामा आठ पटक सुत्केरी भएको देखाएका हुन् ।विहारमा राष्ट्रिय स्वास्थ्य मिसनको प्रावधान अन्तर्गत प्रत्येकपटक सुत्केरी भएबापत १४ सय भत्ता पाइन्छ ।

विहारको मुजफ्फरपुरकी मुशाहरी ब्ल,कमा बस्ने ६५ वर्षीया लीलादेवीले गत १४ महिनामा ८ बच्चा पाएको भन्दै आफ्नो प्रोत्साहन भत्ता लिएकी हुन् । यस्तै अर्की एक महिला सोनिया देवीले पछिल्लो ९ महिनामा ५ पटक सुत्केरी भएको भन्दै भत्ता लिइन् ।

यी दुवै महिलाले किर्ते कागज गरेर आफू अस्वाभाविक रूपमा सुत्केरी भएको बताएर भत्ता लिएका हुन् । मुजफ्फरपुरका जिल्ला अधिकारी चन्द्रशेखर सिंहले यो विषयमा जाँच गर्न अतिरिक्त जिल्ला मजिस्ट्रेटको अध्यक्षतामा उच्चस्तरीय जाँच समितिको गठन गरेका छन् ।

सिंहले भनेका छन् – ‘यी महिलाहरूलाई कसैले प्रयोग गरेको जस्तो लाग्छ । यस्तो किर्ते काम गर्न सरकारी अधिकारीहरू नै सामेल हुन सक्छन् । हामीले जाँच समितिको गठन गरेका छौं, त्यसले छानबिन गर्छ ।’

त्यतै,मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो । यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए ।

उनका पति, जो एक नेपाली युवक हुन् । तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवन शैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको । ‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ ।
र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् । उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बार म्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो ।

यस्तै बौद्ध, ठमेल, दरबारमार्ग लगायत काठमाडौँका पर्यटकीय क्षेत्र पुग्दा उनलाई खुसी मिल्थ्यो । बिस्तारै उनलाई आफ्ना निकट साथी र आफन्तहरुलाई पनि यस्तो विशेष ठाउँमा ल्याउने इच्छा भयो । विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज र पोखरा लगायत ठाउँ घुमे पछि त उनी झनै लालायित भइन् । ‘म यहाँका वनस्पति, जीवहरु, जैवीक विविधता, भौगोलिक संरचनाहरुबाट असाध्यै अभिभुत भएँ ।