हार्दिक बधाई : अभिनेत्री रेखा थापाले यी समाजसेवी केटासँग यो मितिमा बिहे गर्दै !

मनोरन्जन समाचार
SHARE

काठमाडौं । रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन् ? अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । यसै क्रममा चलचित्र बजारमा रेखाको बारे एउटा हल्लाले तरंग सिर्जना गरेको छ ।छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै कुरा मिडियामा आएको छैन ।

देतर, अहिले आएको हल्ला साँ चो हो भने रेखाले छिट्टै बिहे गर्दैछिन् । रेखाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ ।लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा रहेको बुझिएको छ । तर, यी सबै बजारमा चलेका गसिप हुन् ।

त्यसैगरी : भारतको विहारमा ६५ वर्षीया एक महिलाले पछिल्लो १४ महिनामा ८ पटक बच्चा जन्माएकी छिन् । भारतमा जे पनि सम्भव छ भन्ने कुरा यो उदाहरणले पुष्टि गर्छ । त्यस्तै अर्की एक महिला गत ९ महिनामा ५ बच्चाको आमा बनेकी छिन ।

स्रोतको हवाला दिँदै भारतीय समाचार एजेन्सी आइएएनएसले लेखेको छ, ‘बच्चा बच्चीलाई जन्म दिँदा पाइने भत्ता लिन महिलाहरूले केही महिनामै धेरैपटक सुत्केरी भएको प्रमाण पेश गर्ने गर्छन् ।’ उनीहरूले किर्ते प्रमाण देखाउँदा १४ महिनामा आठ पटक सुत्केरी भएको देखाएका हुन् ।विहारमा राष्ट्रिय स्वास्थ्य मिसनको प्रावधान अन्तर्गत प्रत्येकपटक सुत्केरी भएबापत १४ सय भत्ता पाइन्छ ।

विहारको मुजफ्फरपुरकी मुशाहरी ब्ल,कमा बस्ने ६५ वर्षीया लीलादेवीले गत १४ महिनामा ८ बच्चा पाएको भन्दै आफ्नो प्रोत्साहन भत्ता लिएकी हुन् । यस्तै अर्की एक महिला सोनिया देवीले पछिल्लो ९ महिनामा ५ पटक सुत्केरी भएको भन्दै भत्ता लिइन् ।

यी दुवै महिलाले किर्ते कागज गरेर आफू अस्वाभाविक रूपमा सुत्केरी भएको बताएर भत्ता लिएका हुन् । मुजफ्फरपुरका जिल्ला अधिकारी चन्द्रशेखर सिंहले यो विषयमा जाँच गर्न अतिरिक्त जिल्ला मजिस्ट्रेटको अध्यक्षतामा उच्चस्तरीय जाँच समितिको गठन गरेका छन् ।

सिंहले भनेका छन् – ‘यी महिलाहरूलाई कसैले प्रयोग गरेको जस्तो लाग्छ । यस्तो किर्ते काम गर्न सरकारी अधिकारीहरू नै सामेल हुन सक्छन् । हामीले जाँच समितिको गठन गरेका छौं, त्यसले छानबिन गर्छ ।’

त्यतै,मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो । यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए ।

उनका पति, जो एक नेपाली युवक हुन् । तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवन शैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको । ‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ ।
र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् । उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बार म्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो ।

यस्तै बौद्ध, ठमेल, दरबारमार्ग लगायत काठमाडौँका पर्यटकीय क्षेत्र पुग्दा उनलाई खुसी मिल्थ्यो । बिस्तारै उनलाई आफ्ना निकट साथी र आफन्तहरुलाई पनि यस्तो विशेष ठाउँमा ल्याउने इच्छा भयो । विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज र पोखरा लगायत ठाउँ घुमे पछि त उनी झनै लालायित भइन् । ‘म यहाँका वनस्पति, जीवहरु, जैवीक विविधता, भौगोलिक संरचनाहरुबाट असाध्यै अभिभुत भएँ ।