प्रधानन्यायाधीशले पनि निकाले प्रधानमन्त्रीबाट ओलीको राजिनामा …

राजनीति समाचार
SHARE

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधानमन्त्रीको राजीनामाले स्थिर सरकार हुन्छ त भन्दै प्रश्न गरेका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा वि’घटनको निवेदनमाथि बहस क्रममा एक अधिवक्ताले स्थिर सरकारको परिकल्पना संविधानले गरेको भनी तर्क गरेपछि राणाले उक्त प्रश्न गरेका हुन्।अधिवक्ता गुणराज घिमिरेले संविधानको धारा ७६ ले वि’घटनको परिकल्पना नगरेको र संविधान निर्माणको क्रममा स्थिर सरकारको परिकल्पना गरेको भनेका थिए।

लगत्तै राणाले उनलाई प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने हो भन्ने आशयले प्रश्न उठाएका थिए। त्यस्तै बहसका क्रममा घिमिरेले प्रधानमन्त्री ओलीले आफूलाई अप्ठारो पर्‍यो भनी देखाएको आधारले प्रतिनिधिसभा वि’घटन नहुने तर्क गरेका थिए।

अधिवक्ता राजु चापागाईले २ वर्षसम्म अविश्वासको प्रस्ताव हाल्न नपाइने संविधानको व्यवस्थाको फाइदा लिदाँसम्म प्रधानमन्त्री ओलीले आफूलाई संसदले सहयोग नै गरेको ठानेर शासन चलाउने तर जब अविश्वासको प्रस्ताव आउने अवस्था सिर्जना भयो अनि असहयोग भनेर वि’घटन गरेको तर्क अघि सारे।

‘२ वर्षसम्म उनलाई संसदले सहयोग नै गर्‍यो, उक्त अवधीमा त उहाँलाई वि’घटनको र ताजा जनादेशको सम्झना नै भएन‚’ चापागाईले इजलासमा भने‚ ‘जब अविश्वासको प्रस्ताव आउनसक्ने अवस्था र संसदप्रति उत्तरदायी हुनुपर्ने भयो अनि असहयोग गर्‍यो भनिदिने ?’

राम्रो काम गरेको र बहुमत भएको दाबी गर्ने प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव आए त्यसको सामना गरेर त्यस्तो प्रस्तावलाई असफल बनाएर प्रतिनिधि सभामा फेस गर्नुपर्ने उनको तर्क थियो। संविधानले नदिएको अधिकार प्रयोग गरेर आफूखुशी वि’घटन गर्ने अधिकार संविधानले नदिएको उनको तर्क थियो।

नेपालको संसदीय व्यवस्था संसदप्रति उत्तरदायी हुने भएकाले ओलीले पहिला संसदमा आफूसँग बहुमत भए/नभएको परीक्षण गरेपछि मात्र यो दाबी गर्न पाउने उनको तर्क थियो। यो बहस आइतबारका लागि हेर्दाहेर्दैमा रहेको छ। शुक्रबार ९ जना अधिवक्ताहरुले बहस गरेका थिए।

त्यसैगरी : गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ।

अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ । सुवोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।