पार्टी फुटले ओलीको वाग्मती क्याम्पमा ड’ढेलो, ढ’ल्यो सरकार !

राजनीति समाचार
SHARE

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलवि’रुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलवि’रुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए । पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका नेपालले आफूले प्रदेश सरकारले गर्नुपर्ने कामको बुँदा प्रस्तुत गर्दासमेत कार्यान्वयन नभएको आरोप लगाउँदै सरकारको औचित्यता पुष्टि चुनौती दिए ।

उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । ‘अबको प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढ्नेछ,’ सभामुख श्रेष्ठले भने ।

निवर्तमान मन्त्री नेपालले सङ्घीताका बारेमा जनमत लिनुपर्ने माग पनि गरे । अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ सम्मका लागि स्थगन भएको छ । प्रदेशसभाको आगामी बैठक सो दिन अपराह्न २ बजे बस्ने जनाइएको छ ।

त्यसैगरी : सरकारी शिक्षकका लागि निवेदन खुलेको थियो । उनले त्यसका लागि निवेदन दिएकी थिइन् । तर उनको अन्तरवार्ता र अन्य प्रकृयाको काम संयोगले विवाहकै दिन तय भयो । भारत रामनगर, गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाएकी थिइन् । उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फारामको तयारी गरिरहेकी थिइन् ।

प्रज्ञाको सोही दिन विवाह भएको थियो । उनी विवाहकै दिन विहान पतिलाई मण्डपमै छोडेर गाण्डा बीएसए अफिसको लागि प्रस्थान गरिन् ।परामर्श मिति तय भएका कारण उनले विवाहका धेरै रित छोडिन् । उनले पतिसंग ७ फेरा लिइन् अनि बेहुलालाई मण्डपमा छोडेर कागजात बोकेर हिडिन् । प्रज्ञा अन्तरवार्ता र अन्य प्रकृयाका लागि लाइनमा बसीन् र उनका कागजातहरू जाँच गरी रसिद लिइन्। प्रज्ञाको अनुहारमा दोहोरो खुशी देखिन्थ्यो।

प्रज्ञा भन्छिन् कि उनीलाई विवाह भन्दा उनको भविष्यको महत्व ठूलो लाग्छ । त्यसैले उनी आफ्नो दुलहालाई मंडपमा उनको प्रतिक्षामा छोडेर कामको खोजिमा आइन् । विवाहको बाँकी कामको लागि घरमा सबै जना पर्खिरहेका छन् । जब दुलही, प्रज्ञा फर्केर आइन् बाँकी विवाहको काम पुरा भयो ।

प्रज्ञा विश्वास गर्छिन् कि उनको दुलहा उनको लागि धेरै भाग्यवान छन् कि उनले फेन्डलीको जीवनमा आएपछि मात्र जागिर पाइन् । उनले आफ्नो यो उदाहरण अन्य अभिभावका लागि पनि भएको बताइन् । उनले भनिन्, सबै अभिभावकले आफ्नो छोरीको भविष्यलाई महत्व दिउन् । आफुलाई सहयोग गरेकोमा उनी आफ्ना बुवाआमा प्रति निकै नतमस्तक छन् ।

आधारभूत शिक्षा अधिकारीले पनि प्रज्ञालाई बधाई दिँदै विवाहको दिनमै भएको अन्तरवार्तामा उनी सफल भएको बताए । प्रज्ञा सरकारी जागिर निश्चित भए पछि श्रीमान् को घर बाराबन्की गइन् । प्रज्ञालाई आधारभूत शिक्षा विभाग, गोंडामा शिक्षकको रूपमा नियुक्त गरिएको छ।