प्रचण्डको मिशन फेल , ओलीले देउवासँग गरे यस्तो सहमति !

राजनीति समाचार
SHARE

काठमाडौं । ०७७ पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा वि’घटन गरेपछि उब्जेको ‘अब के होला ?’ भन्ने जित्रासा सर्वोच्चको फै’सलापछि मेटिएको छ । तर योसँगै अर्को नयाँ जिज्ञासा उब्जेको छ– अब क–कसको समीकरण होला र को प्रधानमन्त्री बन्ला ?’

पुनस्र्थापित प्रतिनिधिसभामा विभाजित नेकपासँगै नेपाली कांग्रेस र जसपाको उपस्थिति छ । नेकपा औपचारिक रूपमा अझै विभाजन नभएकाले मिलेको अवस्थामा अन्य दलको साथ आवश्यक पर्दैन । अन्यथा जसपासँग गणितका लागि आवश्यक संख्या नपुग्ने भएकाले नेकपाको जुन समूहले सरकार बनाए पनि कांग्रेसको साथ बिना सम्भव देखिँदैन । तर अहिलेसम्म भावी सरकार निर्माणका लागि कस्तो समीकरण बन्छ, प्रष्ट खाका आइसकेको छैन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच उच्च स्तरको समझदारी जुटेको छ ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच प्रमुख दुई दल मिलेर मुलुकमा स्थिरता र बिकासको कामलाई अघि बढाउनु पर्ने निश्कर्षसहित अबिश्वास प्रस्ताव बिफल पार्नेदेखि सत्ता साझेदारीसम्ममा उच्च समझदारी जुटेको हो ।

देउवा निकट एक नेताले दिएको जानकारीअनुुसार नेकपाबाट अलग भएका पुष्पकमल दाहाल, प्रचण्डको नीति नै धोका दिएर खाल्डोमा जाक्ने रहेको निश्कर्षमा सभापति देउवा छन् ।

सहकार्य भइरहेको बेला पत्तै नदिई अर्कोसँग साँठगाँठ गर्ने प्रचण्डको शैलीको सिकार यसअघि नै बनिसकेको भन्दै देउवाले आफू निकटसँग ‘अव फेरि धोका खान प्रचण्डसँग गइन्न, ओली नै बचनका पक्का छन, त्यतै सहकार्य हुन्छ’ भन्दै लाइन प्रष्ट पार्नुभएको ती नेताले खुलासा गरे ।

‘हामीसँग सरकारमा बसेर एमालेसँग चुनाव ल’डन गएको होइन प्रचण्ड ? दुई बर्षसम्म साथीहरुलाई जवाफ नै दिन नसक्ने गरी धोका दिए, अव पनि त्यस्तो धोकेवाजको कुरा पत्याउने ?’ देउवाको भनाई उधृत गर्दै ती नेताले भने । उनका अनुसार कांग्रेसभित्र प्रचण्डको च’रित्र नबुझेकाहरुले मात्रै उनीसँग सहकार्य गर्नुपर्ने कुरा गरिरहेका छन ।

‘प्रचण्डले हाम्रै साथीहरुको कानमा पनि गुलियो हालिसकेछन, उनीहरु गुलियो गरी मुख मिठ्याएर बसुन, पत्तै नपाई धडखालोमा हालिदिने शैली छ प्रचण्डमा,’ प्रतिनिधिसभा पुनःस्थापना भएको भोलिपल्टै भेटन आप्नो निवास आइपुग्नुभएको प्रचण्ड र माधवसँगको कुराकानीपछि देउवाले आफू निकट नेतालाई बोलाएर यस्तो सन्देश दिनुभएको ती नेताको भनाई छ ।

उनले प्रधानमन्त्री ओलीसँग मिलेर जाँदा नै मुलुकको हित हुने र कांग्रेसको नेतृत्व स्थापित हुने निश्कर्ष सुनाएका पनि ती नेताले जानकारी दिए ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रचण्ड र माधव नेपाल समुहले खुसियाली मनाएपछि प्रधानमन्त्री ओली र देउवाबीच उच्च समझदारी गरेर अघि बढने सहमति भइसकेको र दुवै नेताले आफू निकट तीन–तीन जना नेता खटाएर गृहकार्य अघि बढाउनु भएको छ । अत्यन्तै गोप्य रुपमा ओली र देउवाले यो गृहकार्य बढाएका हुन् ।

‘प्रधानमन्त्री र देउवाबीच संसद अधिवेशनमा आउने अबिश्वास प्रस्ताव बिफल पार्नेदेखि सत्ता साझेदारीसम्ममा मिलेर जाने उच्चस्तरको समझदारी भएको छ, त्यस्का लागि दुवैतर्फबाट केही नेतालाई जिम्मा दिइएको छ,’ नेकपाका एक नेताले भने ।

ओली र देउवाबीच भएको उच्च समझदारीअनुसार नै प्रचण्ड–माधव समुहलाई देउवाले दलको हैसियत के हो भनेर जवाफ दिएका स्रोतले बतायो ।

त्यसो त ओली र देउवा जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग पनि घनिभुत संवाद अघि बढाएका छन् । जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भारतको लाइनअनुसार प्रचण्ड–माधव समुहसँग मिल्नुपर्ने अडानमा रहेको छ ।

तर महन्त ठाकुरसहित सोही दलका अधिकांश नेता तथा सांसदहरु ओलीतिरै मिलेर जानुपर्ने अडानमा उभिएका छन् । जवर्जस्ती गरेर प्रचण्ड–माधव समुहतिर लागे बहुमत सांसद बि’द्रोह गरी आउने तयारीमा रहेको जानकारी समेत दिइसकेका छन । देउवाको यो जवाफपछि नै प्रचण्डले कांग्रेसभित्र खेल्नुपर्ने भन्दै आफू निकट मिडियामा समाचार लेखाएका छन् ।

प्रचण्ड निकट मिडियाले यो सूचना पाएपछि ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुविधामा देखिए पनि कांग्रेसका बहुमत नेता र सांसद प्रचण्ड–नेपाल समूहसँग नजिक देखिएका छन’ भन्दै अफवाह फैलाएका हुन ।

प्रचण्ड–माधव बेचैन

सर्वोच्च अदालतले प्रतिनिधिसभा वि’घटनको न्यायिक निरूपण गरेको दिन ०७७ फागुन ११ गते प्रचण्ड र माधव नेपाल बुधबारका लागि तय आमसभा सम्बोधन गर्न चितवन पुगेका थिए । विघटन बदर गरेको जानकारी पाएपछि प्रचण्ड र माधवकुमार नेपालले लड्डु साटासाट गरेको विषय सामाजिक सञ्जालबाट सार्वजनिक भयो ।

त्यसको भोलिपल्ट प्रचण्ड र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर प्रकाशमा आएको छ । यसबारे पार्टी कमिटीमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका छन् । यसबारे छलफल गर्न उनले अन्य कमिटीको बैठक बोलाउने सम्भावना पनि छ ।

०७७ फागुन १३ गते मात्रै पनि प्रचण्ड–माधवले जसपाका नेतालाई भेटेर सरकार निर्माणबारे छलफल गरेका छन् । भेटमा जसपाका नेताले प्रचण्ड–माधवलाई सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।

प्रचण्ड र नेपालको सक्रियता हेर्दा उनीहरू केपी ओलीको नियन्त्रणबाट सत्ता आफ्नो हातमा लिने ध्याउन्नमा रहेको देखिन्छ । त्यसैले अबका दिनमा पनि उनीहरूको दौडधुप अझै तीव्र बन्ने सहज अनुमान गर्न सकिन्छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।