प्रचण्ड नेपाललाई अमिलो भयो खुशियालीको लड्डु !

राजनीति समाचार
SHARE

काठमाडौँ / प्रतिनिधि सभाको बैठक बसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव राखेर नयाँ सरकार गठन गर्ने खेलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल सक्रिय भएका छन्।

मंगलबार प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेको छ । चितवनबाट प्रचण्ड नेपाल काठमाडौं आएसंगै विभिन्न पार्टीहरुसंग भेटेर गठबन्धनको सरकार बनाउन कसिएर लागेका छन् । तर नेपाली कांग्रेसदेखि जनता समाजवादी पार्टीले प्रचण्ड नेपालसंग सहकार्य गर्न तयार भएनन् । नेपाली कांग्रेस र जसपाले प्रचण्ड नेपाल माथी नै प्रश्न उठाएपछि अहिले प्रचण्ड नेपाल समूहका नेताहरु आत्तिएका छन्।

मंगलबार प्रतिनिधि सभा पुनःस्थापना भएसंगै प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु ख्वाएर खुशियाली मनाएका थिए तर अहिले आएर त्यो लड्डु अमिलो जस्तो भएको छ । चितवनको कार्यक्रममा सम्बोधन समेत नगरि हतार हतार काठमाडौं फर्किए संगै देउवा निवास पुगेर प्रधानमन्त्रीको प्रस्ताव राखे पश्चात प्रचण्ड नेपालको नियत माथी आफ्नै नेताहरुले प्रश्न गर्न थालेका छन् । सडकमा जनता उतारेर प्रधानमन्त्री ओलीको संसद वि’घटन कदम वि’रुद्द आन्दोलन गरेका प्रचण्ड नेपालले जनतालाई सडकमा छोडेर आफूहरु लड्डु खाएर प्रधानमन्त्रीको लागि दौड धूप थाले संगे उनीहरुको नियत माथि शंका उब्जिएको पाईएको छ।

प्रचण्ड नेपाल समूहका एक नेताका अनुसार प्रचण्ड नेपालले सडकमा संघर्षमा साथ दिएका जनताहरु निराश छन् । “संसद पुनःस्थापना भएको एकदिन नबित्दै आफ्नो कार्यकर्तालाई वहाँहरुले सम्बोधन पनि नगरि सडकमा खुशी मनाउन छोडेर आफूहरु विपक्षी दलसंग सहयोग माग्न कुद्नु भयो । पुनःस्थापना पश्चात पार्टीमा छलफल नै नगरि किन यत्ति हतारोमा प्रधानमन्त्री खोज्दै हिड्नु भएको होला भन्ने चिन्ता सबै कार्यकर्तामा देखिन्छ ।” प्रचण्ड निकट एक नेताले गुनासो व्यक्त गरेका छन्।

प्रचण्ड नेपालले खाएको खुशीको लड्डु अहिले अमिलो साबित भएको छ । लड्डु खाएर एकअर्का संग खुशियाली त मनाए तर कार्यकर्तालाई निराश संगै प्रधानमन्त्रीको लागी हात जोड्न थालेको पाए पश्चात प्रचण्ड नेपालको चर्को आलोचना हुन थालेको छ।

प्रचण्ड नेपाललाई नेपाली कांग्रेस देखि जसपाले सम्म नपत्याए पश्चात झन् अब कसरी अघि बढ्ने भन्ने दोधारमा छन् प्रचण्ड समुह । जसरी पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर जसलाई भएपनि प्रधानमन्त्री बनाउने कसरतमा लागे पनि अहिले कसैले साथ नदिए पश्चात प्रचण्ड नेपाल निराश छन्।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।