BREAKING NEWS…..डा बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बन्ने

राजनीति समाचार
SHARE

काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान वि’घटनको निर्णय असंवैधानिक भनेर फै’सला गरेपछि अब नयाँ सरकार गठनको लागि छलफल सुरु भएको छ । आन्दोलनरत नेकपाका प्रचण्ड नेपाल समुहले सरकार गठनको लागि सबै पार्टीका नेताहरुसंग छलफल सुरु गरेका हुन् । यसै क्रममा प्रचण्ड माधव नेपालले बुढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर प्रधानमन्त्रीको अफर गरेको समाचार सार्वजनिक भएको छ ।

नेताहरुसंगको छलफल पछि देउवाले आफ्नो पार्टीमा पनि त्यसवारे छलफल गरेका छन् । विहिवार भएको छलफलमा न्ेपाली कांग्रेसले प्रचण्ड नेपालले चाहे भन्दा विपरित निष्कर्ष निकालेको छ । कांग्रेसले अहिले नै सत्ता समिकरणका बारेमा छलफल गर्न नहुने निष्कर्ष बैठकले निकालेको छ । नेकपा कै वि’वाद समाधान नभएका कारण अगाडीको राजनीतिक घ’टनाक्रम कसरी जान्छ भन्ने थाहा नभएको बेलामा सत्ता समिकरणका बारेमा छलफल गर्नु हतार हुने निष्कर्ष कांग्रेसले गरेको छ ।

त्यसपछि नेकपाको प्रचण्ड माधव समुहले विहिवार नै पेरिसडाँडामा जसपाका नेताहरुसंग पनि छलफल गरेका छन् । सो छलफलमा जसपाका नेताहरुले नेकपाको वि’वाद समधान गर्न सुझाव दिएका थिए ।

उनीहरुले नेकपा पार्टी माथि नै प्रश्न उठाउँदै तपाईहरुको पार्टी कुन हो ? भनेर प्रश्न गरेका थिए । सो छलफल पछि जसपाका राजेन्द्र महतोले आफ्ना पार्टीका संयोजक डा बाबुराम भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने सं’केत गरेका छन् ।

नेकपाको किचलोले कांग्रेसबाट शेरबहादुर देउवाका साथै जसपाबाट बाबुराम भट्टराईको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको छ । सोही कुरालाई लिएर एक अनलाईनले उनीसंग बाबुराम प्रधानमन्त्री हुने सम्भावनाका बारेमा प्रश्न गरेको थियो । उनले अब बन्ने समिकरण कस्तो हुन्छ त्यसमा आफ्नो पार्टीको पनि भूमिका रहने भन्दै डा भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने सम्भावना देखाएका छन् ।

डा भट्टराई प्रधानमन्त्री हुने सम्भावना कत्तिको छ ? भनेर गरिएको प्रश्नमा उनले भने, हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त। हाम्रो भूमिका कुन बेला कहाँ के देखिन्छ। यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।