‘पिँडुला देखाएर सांसद बनेको’ भन्ने रघुजी पन्तवि’रुद्ध कोमल वली अदालत जाने

राजनीति समाचार
SHARE

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वली आन्दोलनरत नेकपाका नेता रघुजी पन्त वि’रुद्ध अदालत जाने भएकी छन् । आफु वि’रुद्ध अमर्यादीत टिप्पणी गरेका कारण उनी अदालत जाने भएकी हुन् । आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मु’ द्दा दायर गर्ने जनाएकी छन् ।

उनले आफू अदालत जाने तयारी गरिरहेको जानकारी दिएकी छन् । नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरे पछि उनको आलोचना भएको छ ।

एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्। पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको बताएका छन्।

‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तको भनाइ छ। पन्तको यस्तो अभिव्यक्तिले आफ्नो मानमर्दन भएको बताउँदै वलीले अदालत जाने तयारी गरेकी हुन्।

वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टिप्पणी पनि गरेकी छिन्। नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन्।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।