नेताहरुले नागरिकका ध्यान भंग गरिरहेका छन्, सजग रहनुहोस्ः पूर्वराजा ज्ञानेन्द्र शाह

राष्ट्रिय समाचार
SHARE

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनतालाई सजग रहन आग्रह गरेका छन् । उनले नेताहरुलाई शासकभन्दै आम नेपाली जनताहरुलाई त्यसता शासकहरुबाट सजग रहन आग्रह गरेका हुन् । राज्यसत्ता र आम नागरिकका सम्पुर्ण जिम्मा लिएका शासकहरु नै अहिलेको राजनीतिक परिस्थितिमा के गर्ने वा के नगर्ने भनेर अलमलमा परिरहेको हुनाले आफुलाई जनताको सेवाको निम्ति समर्पित छौं भन्ने शासकहरुले नै देश विकासमा प्रत्यक्ष असर पारेको बताएका छन् ।

पूर्वराजा शाहले लोकतन्त्रका नेताहरुलाई संविधानको पालना नगरेर आ आफ्नो शैली र व्यक्तिगत विचारका आधारमा भट्किंदै हिंडेको आ’रोप समेत लगाएका छन् । उनले नेताहरुलाई संविधानबाट निर्देशक तथ्यबाट भट्किंएर आफ्नै शैलीमा देश सञ्चालन गर्न खोजेको आ’रोप लगाएका हुन् । यसका साथै पूर्वराजा ज्ञानेन्द्रले देश र जनताकोलागी चिन्तित छौं भन्नेहरुबाट नै देश र जनताको भविष्य अन्यौलमा पारिरहेको आशयमा ट्वीट गरेका छन् ।

उनले आज (आईतबार) ट्वीट गर्दै लेखेका छन्,‘राज्यसत्ता र आम नागरिकका सम्पुर्ण जिम्मेवारी लिएका शासकहरु के गर्ने वा के नगर्ने भन्ने कुरामा अ’ल्मलिंदा र संविधान निर्देशक तथ्यबाट भट्किंदा आम नागरिकप्रतिको ध्यान भंग हुन गई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा प्रत्यक्ष असर पर्न जाने हुँदा सजग रहनु अत्यावश्यक हुन जान्छ ।’ उनले गरेको ट्वीट जस्ताको त्यस्तै तल राखिएको छ ।


यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।