नायिका एलिजा गौतम भाबुक हुदै मिडियामा, समाजसेवाबाट हात झिकेपछि भनिनः मागेर हैन कमाएर सहयोग गर्छु (भिडियोसहित)

राजनीति समाचार

काठमाण्डौ । नायिका एलिजा गौतमले पनि नेतृ राम कुमारी झाँक्रिको भनाईलाई समर्थन गरेकी छन् । उनले समाज सेवा जस्तो कुरा अरुबाट सहयोग मागेर गर्न नसकिने बताउँदै आफुले आजसम्म गर्दै आएका सबै सहयोगहरुमा आफ्नै व्यक्तिगत पैसा खर्च गरेको पनि बताएकी छन् । एक अन्तरवार्तामा नायिका एलिजाले सकै समाज सेवा गर्ने हो तर नसके अरुले कामएको पैसा मागेर समाज सेवा गर्नुको कुनै औचित्य नभएको बताएकी छन् ।

नायिका गौतमले यो अभिव्यक्ति नायिका स्वेता खड्काले निमार्ण गर्न थालेको माझि बस्तिको वास्तविकता बाहीरिएपछि दिएकी हुन् । उनले समाजका गर्नकोलागी अरुबाट माग्ने रकम पनि हाम्रै दाजुभाई दिदीबहीनीहरुले विदेशमा खु न पसिना बगाएर कमाएको पैसा भएको हुनाले त्यसरी अरुबाट पैसा मागेर सामज सेवा नगर्न सुझाव दिएकी छन् । एलिजाले भनकी छन्,‘समाज सेवाकैलागी विदेश आउने पैसा पनि हाम्रै नेपाली दाजुभाईहरुले विदेशमा मेहेनत गरेर कमाएको पैसा हो । उहाँहरुको त्यो व्यक्तिगत रकम चलाएर समाज सेवा गरेको हुनै सक्दैन । यस्तो समाजसेवा कसैले पनि नगर्दा नै राम्रो हुन्छ ।’

नायिका एलिजाले स्वेता खड्काले आफ्नो दोश्रो बिहेमा गरेको खर्चलाई जोगाएर माझि बस्ति बनाएको भए राम्रो हुने भन्दै स्वेतालाई सुझाव समेत दिएकी छन् । उक्त अन्तरवार्तामा एलिजाले बालिका क’ र णी को विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महिला र बालबालिकाको हकमा संवेदनशील भएर काम गर्न सुझाव दिएकी छन् । उनले भनेकी छन्,‘उहाँ त राष्ट्रपती हो । पावर छ उहाँसंग तरपनि प्रत्येक दिन महिला तथा बालिकाहरु ब’ ला त्का र भईरहंदा उहाँलाई यसरी चुप लागेर बस्न सुहाउँदैन । यो विषयमा उहाँ संवेदनशील नै हुनु पर्छ ।’

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।