‘फुटपाथ र ठेलामा प्र’तिबन्ध लगाउनु पर्छ, नत्र कोरोना नियन्त्रण बाहिर जान्छ’

समाचार
SHARE

काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्र’तिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ। कामपाका उपप्रमुख हरिप्रभा खड्गीले शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराएकी हुन्।

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलाप अन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ।

सो बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो। उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको यो नीति विपरीत भएको बताइन्।

‘अर्कोतिर शहरमा स’ङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जान सक्छ’, उनले भनिन्। ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रजिअ दाहालले म’हामारीका समयमा सो पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए।
त्यस्तै, नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने जनचासो छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार अब छिट्टै कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

प्राधिकरणजस्तो महत्वपूर्ण निकायको नेतृृत्व लामो समय खाली राख्न नहुने भन्दै सचिव घिमिरेले अब प्रक्रिया थाल्न लागिएको बताए ।
‘अहिलेसम्म मन्त्रालयले कुनै खालको प्रस्ताव गरेको छैन, हामी प्रक्रिया अघि बढाएर छिट्टै मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छौं,’उनले भने,‘कसलाई नियुक्त गर्ने भन्ने विषय मन्त्रिपरिषदको हो ।’

अब नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेतावि’रुद्ध लेख्न नपाउने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेतावि’रुद्ध सामाजिक सञ्जालमा आलो’चना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलो’चना गर्न नपाउने गरी उनीहरुमाथि प्रति’बन्ध लाग्ने भएको छ ।

भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरु’द्ध जथा’भावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरु’द्ध लेख्न नपाउने भनिएको छ ।

स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्य’कर्तावि’रुद्ध सामाजिक सञ्जालमा ज’थाभा’वी लेख्ने र पार्टी हित वि’परीत गतिविधि गर्ने प्रवृत्तिलाई कडा’इका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’