Breaking…. ४५० पर्ने मसला १२०० सयमा बिक्री गर्ने उद्योगलाई २ लाख ज’रिवाना !

समाचार
SHARE

विराटनगर । लक डाउनको बाहानामा विराटनगरका बजारमा तरकारी ,खाद्यन्न लगायतको मुल्यमा वृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ ।बिहीवार वाणिज्य कार्यालयको नेतृत्वको अनुगमन टोलीले विराटनगर वडा नं. १० शान्ति टोल स्थित बिके मसला उद्योगलाई २ लाख रुपैया ज’रिवाना तोकेको छ ।

मसलाको मुल्य अध्याधिक बडेको गु’नासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मुल्य १ हजार २ सय रुपैयामा विक्री भईरहेको पाइएपछि वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले सो ज’रिवाना तोकेको हो ।

गरम मसलाको मुल्य करिब १६५ प्रतिशत बढी छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मुल्य लिएमा २ लाख देखि ३ लाख रुपैया सम्म ज’रिवाना लाग्ने का’नुनी प्रावधान अनुसार पहिलो पटक भएकाले २ लाख रुपैया ज’रिवाना तोकिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ती मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधीक मुल्य बडेको गु’नासो आएपछि अनुगमनलाई तित्रब्रता दिइएको छ ।

संयुक्त अनुगमन टोलीमा वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपभोक्तालाई ठगी गर्ने जथाभावी मुल्य लिने उद्योग व्यापारी सवैलाई अनुगमन गरी कार’वाही गने बाणिज्य कार्यालय विराटनगरले जनाएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।