प्रधानमन्त्रीज्यू, नेपालीलाई ऋ’णमा डु’बाउने खतिवडामा के छ त्यस्तो अचम्मको कुरा जुन कुलमानमा छैन ?

राजनीति समाचार
SHARE

केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो कार्यकालको मध्यविन्दूमा छन् । यस्तो लाग्दैछ कि उनी आफ्नो दोस्रो कार्यकाललाई बिर्सन लायक बनाउन कुनै कसर छाड्नेवाला छैनन् ।कुनै पनि लोकतान्त्रिक सरकारका लागि सबैभन्दा आधारभूत मान्यता हो, जनमतको कदर । तर, प्रधानमन्त्री ओलीले नेतृत्व गरेको वर्तमान सरकार जनमतको अनादर र अपमान गर्दै अघि बढिरहेको छ ।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट विदा गर्ने, वामदेवलाई राष्ट्रिय सभामा लैजाने र डा. युवराज खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने सरकारका पछिल्ला तीन कदम जनभावना विपरीत छन् ।वामदेवको नियुक्तिमा प्रधानमन्त्रीको चाहनाभन्दा पार्टीको समीकरण वा द’बाव निर्णायक थियो भन्ने मानौं । तर, कुलमान र डा. खतिवडाको सन्दर्भमा भएका निर्णयहरुका लागि सिधै उनी जवाफदेही छन् ।

उनले जनतालाई जवाफ दिनुपर्छ । कुलमान के कारणले प्राधिकरणमा निरन्तरता पाउन वा अर्को कुनै पदका निम्ति योग्य भएनन्, र खतिवडा के–कति कारणले यत्रतत्र अपरिहार्य भए भन्ने प्रश्नलाई उनले कार्पेटमुनि कोच्न सक्दैनन् ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले करिब १५ दिन अगाडि पदबाट अवकाश पाए । उनलाई प्राधिकरणमा पुनर्नियुक्तिको पक्षमा बहुसंख्यक मजनता थिए । कुलमानलाई अर्को कुनै संस्थाको नेतृत्व दिनृुपर्ने जनमत पनि उत्तिकै बलियो थियो । तर, जनमतलाई कुल्चिँदै सरकारले उनलाई प्राधिकरणबाट विदा गर्यो । अर्को नयाँ जिम्मेवारी दिन पनि चाहिरहेको छैन ।

कार्यसम्पादनको हिसाबले खतिवडाको तुलनामा कुलमान निकै अगाडि छन् । नेपालमा लोडसेडिङ हटाउने र घाटामा चुलुम्म डुबेको एउटा संस्थानलाई अर्बाैको नाफामा पुर्याएर एउटा कर्मठ राष्ट्रसेवकका रुपमा उनले आफूलाई प्रमाणित गरेका छन् । त्यही भएर उनी जनताको ढुकढुकी बन्न सफल भएका हुन् । उनलाई अर्को कार्यकाल दोहो¥याएको भए वा अर्को जिम्मेवारी दिएको भए सरकारको लोकप्रियता बढ्ने थियो । जनमतको कदर गरेको ठहरिने थियो । प्रधानमन्त्रीको छाती अलि फराकिलो देखिने थियो । तर, यति सानो कुरामा पनि उनी चुकिरहेका छन् ।

दुईपटक अपदस्थ हुन लागेर पनि जोगिएका प्रधानमन्त्री ओलीसामु अन्तिम अवसर छ । समय बाँकी छ चानचुन अढाई वर्ष । अघिल्ला अढाई वर्ष समग्रमा सम्झनलायक भएनन् । अब बाँकी अवधि पनि यसैगरी गुजारे भने प्रधानमन्त्री ओलीको राजनीतिक जीवनको नमिठो समापन हुनेछ ।

खतिवडालाई आराम र कुलमानलाई जिम्मेवारी दिएर उनले आफूलाई सच्याउने क्रमको श्रीगणेश गरुन् ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।