तनहुँमा एकै परिबार को’रोनाले स’खाप : ३ जनाको ज्या’न ग’यो

समाचार स्वास्थ्य
SHARE

दमौली, २८ असोज: तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको को’रोना स’ङ्क्रमणबाट मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृ’त्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९८ वर्षीय बाबु बि’रामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उहाँलाई काठमाडौँ लगियो । उपचारका क्रममा उनलाई को’रोना स’ङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि को’रोना देखिएको थियो ।

योसँगै तनहुँमा को’रोना स’ङ्क्रमणबाट मृ’त्यु’ हुनेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको को’रोना स’ङ्क्रमणबाट मृ’त्यु भएको थियो

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५५६ जनामा को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमण पुष्टि भएको हो । नेपालमा अझै पनि सं’क्रमितको सङ्ख्या बढ्दै जाने अनुमान गरिएको छ !

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा को’रोना सं”क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना सं’क्रमित थपिएका छन् ।यसअघि सोमबार (हिजो) काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको थियो ।

त्यस्तै,सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न दिने मन्त्रिपरिषदको निर्णय, सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने। सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए। भाडा भने दोब्बर लिदैँ आएका थिए। दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।

त्यस्तै,को’रोना भा’इरसको संक्र’मण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कlडाइ गर्ने तयारी गरेको छ।

दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अ’त्याधिक मात्रामा बढ्ने भएकाले सरकारले पुन: काठमाडौं प्रवेश गर्ने नाकामा कडा’इ गर्न लागेको हो। यस विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सबैभन्दा धेरै सं’क्रमित रहेको काठमाडौं उपत्यकाको सन्दर्भमा के गर्ने भनेर राय मागेका थिए । मन्त्रीहरुले को’रोना नियन्त्र’णका लागि काठमाडौं आवतजावतमा क’डाइ गर्न सुझाव दिएका छन् ।