‘म डु’बेर अर्थतन्त्र उकास्छु’- अर्थमन्त्री पौडेल

राजनीति समाचार

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू अर्थ मन्त्रालयमा डुबेर अर्थतन्त्रलाई उकास्ने बताएका छन् । उनले आफू अर्थमन्त्रालयमा डु’बेर अर्थतन्त्र उकास्ने गरी नयाँ जिम्मेवारीका साथ सिंहदरबार प्रवेश गरेको बताएका हुन् । पदभार ग्रहणपछिको भाषणमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयभित्र डुब्ने र अर्थतन्त्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यबाट सिर्जित चुनौतीलाई पार लगाउने गरी म यहाँ आएको छु ।’

‘मैले मन साट्ने भाषामा के राख्न चाहन्छु भने, मेरा कामका सीमा छन् । म लाग्छु त्यहीँ डुब्छु । त्योभन्दा बाहिर पनि संसार छ। त्यहाँ पनि ध्यान दिनुपर्छ भन्नेमा म अलि कम हेक्का राख्छु,’ उनले भने, ‘जता लाग्यो त्यहीँ डुब्ने बानी छ। म अर्थ मन्त्रालयमा डुब्ने गरी आएको छु ।’ त्यसैगरी पौडेलले आफू एक्लैको पहलले चुनौति सामना गर्न नसकिने भन्दै कर्मचारीलाई त्यसैअनुसार खट्न निर्देशन दिए ।

‘मलाई राम्रोसँग थाहा छ, सफलताको पुँजी मेरो खल्तीमा छैन, तपाईंहरूको खल्तीमा छ। तपाईंहरूले सफलताको पुँजी झिकेर घुमाउनु भयो भने त्यसबाट उपलब्धि हुन्छ। अन्यथा सफलता टाढा छ,’ उनले भने। उनले परिस्थिति अत्यन्तै ग’म्भीर भएको बताउँदै परिस्थितिसम्मत ढंगले हामी अघि बढ्नुपर्ने बताए ।कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ कर्मचारी, राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड र बीमा समितिका अध्यक्षलाई मात्रै सहभागी गराइएको थियो ।

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।